मेरो जन्मस्थल…. मेरो गाउँ थेच्व…
मुर्छित आत्मालाई जीवनदान दिने
अमूल्य, जीवन बुटीको गाउँ…
आनन्द वनको फेँदमा
नाङ्गलो झै बक्ष फिजाई
विराजमान बज्रबाराही माँ
र उहाँको पाउमा अवस्थित
मेरो जन्मस्थल मेरो बाल्यस्थल…
मेरो कर्मस्थल मेरो प्यारो थेच्व…
जहाँ ब्रम्हायणी, बालकुमारी
अनि नवदुर्गा विराजमान हुनुहुन्छ…
जहाँ पञ्चेश्वर र दुग्धेश्वर महादेव
समस्त जनधनको पहरा बनि
गाउँको मूलद्वारहरुमा आश्रृत हुनुहुन्छ ।
आज त्यही मेरो जन्म भूमि
मेरो गाउँ… मेरो जन्मस्थल थेच्व
मेरो आकृति र स्पर्शको अभावमा
गहंभरी आँशु बोकि प्रतिक्षामा होलीन् ।
जसले मलाई जन्माईन्..! हर्ुकाईन….!
प्रत्येक नसा नसाबाट बहने..
पोषिलो अमृतको स्तनपान गराउँदै….!
जन्मभूमिको अस्तित्व र पहिचानको लागि
अध्याँरो पाटीमा श्वेत प्रकाश कोरेर
ज्ञान दिलाए…! बुद्धि विवेक दिलाई….!
चेतनशील र श्रृजनशील बनाए….!
तर अपशोच….!
जब म, मेरो आकृति र स्पर्श
मेरो जन्मभूमिलाई आवश्यक थियो ।
भत्केर ब्रि्रेको मेरो गाउँको…
प्रत्येक घर-घरका गारोहरु बनाउँन…!
प्रत्येक घर-घरका छानाहरु बनाउँन…!
आज बलियो मेरुद्धण्दको खाँचो थियो ।
तर आज, यो मेरो जिवित माशपिण्ड..
मुग्लानको मरुभूमिमा दलिरहेको छ..
कति अभागी छिन् मेरी जन्मभूमि…!
जसलाई पालन पोषण गरि हृस्टपुष्ट बनाई
जसलाई ज्ञानको ज्योति दिलाई..
शिक्षित बनाए.. सृजनशील बनाई..
आज उनैलाई बुद्धौलिमा.. बेसाहरामै लात्याई..
छाना र गारोहरु भत्केर ब्रि्रंदा पनि…
मुग्लानमा बसि, मात्र टुलुटुलु हेरिरहे….
त्यसैले मेरो जन्मभूमि मेरो थेच्व
मेरो विछोडमा… मेरो अभावमा…
भत्केर व्रि्रेका गारो र छानाहरु बनाउँन
विवस्ताका साथ घुँडामा चिउँडो विर्साई…
मेरो स्वदेश आगमनको बाटोमा बस्दै…
मेरो बाटो हर्ेर्दै मलाइे कुर्द होलीन..
मेरो जन्मस्थल… मेरो गाउँ थेच्व….
मेरो प्रतिक्षामा मेरो बाटो कुर्दै होलीन….
-निलन कुमार थेच्वमि











