नवलपरासीको सुनौल भिडन्तमा१७ सुरक्षाकर्मी र ४ माओवादीको मृत्यु, एक र्सबसाधारणको को स्थिती चिन्ता जनक, दुइ र्सबसाधारण को मृत्यु ...... धनकुट्टामा भीषण हमला पन्ध्र सैनिकसहित २८ सुरक्षाकर्मी बेपत्ता, दुवैतर्फठूलो हताहतीको आशंका.......नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार, माघ १९ ले नेपाली जनतालाई दिएको उपहार ..... अमेरिकामा जीवन साथी पाएर सारङ्गा मख्ख छन .........साहित्यिक कार्यक्रममा सरकारको ठाडो हस्तकक्षेप, ५ साहित्यकार पक्राउ ..........मनीलाको अल्ट्रा स्टेडियममा भएको भागदैडमा मर्नेको सख्या ८८ ............नशा जाँडको आहुँती प्राणको ............... अलसलाम-९८ जहाजको दुर्घटना स्थल, लालसागरमा १३००को मृत्यु १००को सकुशल उद्धार..............असुरक्षीत आकाश...... विक्रि नेपालीको दोष कस्को ?.......कतै टेवलमुनिको सट्टाबजार फस्टाएको त छैन .........जुवाडेको अलाप........"नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास" .......साथीहरुलाई कामना छ प्रगतीको........३६० हज यात्रीको मक्कामा निधन...........क्रिकेट एक जुनुन..... भारत बिरुद्ध पाकिस्तान क्रिकेट एक महायुद्ध.......सन्देश प्रवासीलाई..........होटल भत्किँदा दर्जनौं हजयात्रीको मृत्यु.......साउदीमा फस्टाएको रक्सि.......भावना फाटेका छन मेरा सबै आङ ढाक्ने बस्त्रहरु.......नेता सदन छाडि भागेका..... राजनीति भाषण र आश्वासनका पोका ........... जनता अतिथी देवो भव ........../FONT>

दामुको ब्लग

February 7, 2006

मेरो जन्मस्थल…. मेरो गाउँ थेच्व…

मुर्छित आत्मालाई जीवनदान दिने
अमूल्य, जीवन बुटीको गाउँ…
आनन्द वनको फेँदमा
नाङ्गलो झै बक्ष फिजाई
विराजमान बज्रबाराही माँ
र उहाँको पाउमा अवस्थित
मेरो जन्मस्थल मेरो बाल्यस्थल…
मेरो कर्मस्थल मेरो प्यारो थेच्व…

जहाँ ब्रम्हायणी, बालकुमारी
अनि नवदुर्गा विराजमान हुनुहुन्छ…
जहाँ पञ्चेश्वर र दुग्धेश्वर महादेव
समस्त जनधनको पहरा बनि
गाउँको मूलद्वारहरुमा आश्रृत हुनुहुन्छ ।

आज त्यही मेरो जन्म भूमि
मेरो गाउँ… मेरो जन्मस्थल थेच्व
मेरो आकृति र स्पर्शको अभावमा
गहंभरी आँशु बोकि प्रतिक्षामा होलीन् ।
जसले मलाई जन्माईन्..! हर्ुकाईन….!
प्रत्येक नसा नसाबाट बहने..
पोषिलो अमृतको स्तनपान गराउँदै….!
जन्मभूमिको अस्तित्व र पहिचानको लागि
अध्याँरो पाटीमा श्वेत प्रकाश कोरेर
ज्ञान दिलाए…! बुद्धि विवेक दिलाई….!
चेतनशील र श्रृजनशील बनाए….!

तर अपशोच….!
जब म, मेरो आकृति र स्पर्श
मेरो जन्मभूमिलाई आवश्यक थियो ।
भत्केर ब्रि्रेको मेरो गाउँको…
प्रत्येक घर-घरका गारोहरु बनाउँन…!
प्रत्येक घर-घरका छानाहरु बनाउँन…!
आज बलियो मेरुद्धण्दको खाँचो थियो ।

तर आज, यो मेरो जिवित माशपिण्ड..
मुग्लानको मरुभूमिमा दलिरहेको छ..
कति अभागी छिन् मेरी जन्मभूमि…!
जसलाई पालन पोषण गरि हृस्टपुष्ट बनाई
जसलाई ज्ञानको ज्योति दिलाई..
शिक्षित बनाए.. सृजनशील बनाई..
आज उनैलाई बुद्धौलिमा.. बेसाहरामै लात्याई..
छाना र गारोहरु भत्केर ब्रि्रंदा पनि…
मुग्लानमा बसि, मात्र टुलुटुलु हेरिरहे….

त्यसैले मेरो जन्मभूमि मेरो थेच्व
मेरो विछोडमा… मेरो अभावमा…
भत्केर व्रि्रेका गारो र छानाहरु बनाउँन
विवस्ताका साथ घुँडामा चिउँडो विर्साई…
मेरो स्वदेश आगमनको बाटोमा बस्दै…
मेरो बाटो हर्ेर्दै मलाइे कुर्द होलीन..
मेरो जन्मस्थल… मेरो गाउँ थेच्व….
मेरो प्रतिक्षामा मेरो बाटो कुर्दै होलीन….

-निलन कुमार थेच्वमि

January 3, 2006

बर्तमान

कस्ले केनै भन्ने छ र सदन पसी लुटे पनि
कोहि केहि बोल्ने छैन सडक बाट भुटे पनि ।

घरमै गई अगुल्टाले झोसी-झोसी कुटे पनि
खालास गोली विरोध गरे, नगरे नि पनि ।

विरोध गरे दरवारबाट लास ल्याउलास बोकि
नगरेमा जंगलबाट होलास धोती टोपी ।।

बोलीस भने ऐले जालास नबोलेमा भोली
नसुनेमा बोकि हिडलास भोली देखि झोली ।

खान हाम्लाई पाथी जुरा नत्र छोडदे बस्ति
तेरो श्रममा हर्ेत गर्र्छौ यसरि हामी मस्ति ।।

January 2, 2006

भावना

फाटेका छन मेरा सबै आङ ढाक्ने बस्त्रहरु
टालौ भन्छ हृदयले भक्कानीदै कता कता
रुग्ड बस्त्र संगै मेरा मनका ति चाहाहरु
जोडौ भन्छु कनि कुथी अरु हुन्छ धुजा धुजा ।

पुराना भए झैलाग्छ बार्दली औ कौसीहरु
अघिल्तीरै भए झै लाग्छ रात गाढा औशीहरु
प्रयत्न छ सधै मेरो टाल्ने मेरा कौसीहरु
आउने होकि तुफान फेरी कौसी मेरो टुटाउन ।

आउने हो कि औसी फेरी मलाई नै गीज्याउन
मक्काई सकेका छन मेरा घरका छानाहरु
बने झै लाग्छ जलासय मेरा घरका चोटीहरु
चुहेका छन मेरा घरका पुराना ति छानाहरु ।

जोडौ भन्छ भावनाले कसरिहो ठोक्राउने
पहिला पाला पनि मैले जोडेर नै चलाए थें
यस्पाला त फाट्दा मैल कसरिहो सच्याउने
थेग्नै सक्दीन भावनालाई कता टालौ कता जोडौ ।

November 29, 2005

शान्ति

जन्जिरमा जकडिएको झै लाग्छ
आज हाम्रा समाजहरु
यातना गृहका पर्खाल झै लाग्छ
झुठा आश्वासनका बाचाहरु किन कि
हिमाल झै उच्चा शिर लज्जाले आज झुकेको छ ।

शान्तिको मिसायल दिने वस्तिहरु
आज नरभक्षक भएर उभिएका रहेछन
शान्तिको गाथाआक्ने बस्तिहरु आज
रक्तक्रान्तिको ज्वारमा जमेका रहेछन ।

खै कहाँ गए तिनका प्रणहरु
अनि बाचौ र बचाऔं भन्ने नाराहरु
ति त केवल भाषण बाजी रहेछन
जो हरेक दिन गल्लिहरुमा झुठा आश्वासनका पोकाहरु
हिरोशिमा गिरेका मिसायल झै गिराउछन।

अब त व्यूतहे मानब वस्ति
किन चिर हरण लाई पर्खन्छौ
अनि गर क्रान्ति विरुद्ध भोकमरीको
अनि बेरोजगारिको देऊ मिसायल शान्तिको।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

web site visitor counter
Zales Jewelry