नवलपरासीको सुनौल भिडन्तमा१७ सुरक्षाकर्मी र ४ माओवादीको मृत्यु, एक र्सबसाधारणको को स्थिती चिन्ता जनक, दुइ र्सबसाधारण को मृत्यु ...... धनकुट्टामा भीषण हमला पन्ध्र सैनिकसहित २८ सुरक्षाकर्मी बेपत्ता, दुवैतर्फठूलो हताहतीको आशंका.......नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार, माघ १९ ले नेपाली जनतालाई दिएको उपहार ..... अमेरिकामा जीवन साथी पाएर सारङ्गा मख्ख छन .........साहित्यिक कार्यक्रममा सरकारको ठाडो हस्तकक्षेप, ५ साहित्यकार पक्राउ ..........मनीलाको अल्ट्रा स्टेडियममा भएको भागदैडमा मर्नेको सख्या ८८ ............नशा जाँडको आहुँती प्राणको ............... अलसलाम-९८ जहाजको दुर्घटना स्थल, लालसागरमा १३००को मृत्यु १००को सकुशल उद्धार..............असुरक्षीत आकाश...... विक्रि नेपालीको दोष कस्को ?.......कतै टेवलमुनिको सट्टाबजार फस्टाएको त छैन .........जुवाडेको अलाप........"नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास" .......साथीहरुलाई कामना छ प्रगतीको........३६० हज यात्रीको मक्कामा निधन...........क्रिकेट एक जुनुन..... भारत बिरुद्ध पाकिस्तान क्रिकेट एक महायुद्ध.......सन्देश प्रवासीलाई..........होटल भत्किँदा दर्जनौं हजयात्रीको मृत्यु.......साउदीमा फस्टाएको रक्सि.......भावना फाटेका छन मेरा सबै आङ ढाक्ने बस्त्रहरु.......नेता सदन छाडि भागेका..... राजनीति भाषण र आश्वासनका पोका ........... जनता अतिथी देवो भव ........../FONT>

दामुको ब्लग

February 8, 2006

प्रशंग चिनको….

Filed under: विवीध

चिनमा ६३ जनाको आगलागी बाट मृत्यु
चीनमा चलीरहेको बषन्त महोत्सवको समयमा भएका भिन्ना-भिन्नै आगलागीमा परेर मर्नेहरुको सख्या ६३ पुगेको छ भने ४७ घाइतेहरुको चीनका विभिन्न अस्पतालहरुमा उपचारार्थ भर्ना गरिएको छ । गत मंगलबार पेइचिंग बाट प्रकाशित पेपरहरु सुरक्षा निकाको हवाला दिदै लेख्छन जनवरी २८ देखि फरवरी ४ सम्म चलेको उक्त महोत्सवको समयमा देशका बिभीन्न भागमा घटेका दर्ुघटनाहरु बाट ३६.७ लाख डलर बराबरको क्षती भएको छ ।

चीनका बैज्ञानीकहरु द्वारा नयाँ कणको खोज
पेइचिंग। चीनका बैज्ञानीकहरुले हवाइ विश्वविद्यालय संगको सामुहिक खोजबाट नयाँ उप-परमाणु कण पत्ता लगाएका छन् । जसको नाम चीनका बैज्ञानीकहरुले एक्स१८३५ राखेका छन् । स्टेट मीडिया को गत मंगलबारको रिपोर्टका अनुसार यो नयाँ कणको सहयताबाट पदार्थको संरचना बारेमा नयाँ जानकारी मील्ने जीकिर रहेको छ । पेइचिंग अबस्थित इंन्सटिच्युट अफ हाइ एनर्जीमा कार्यरत फिजीक्सका बरिष्ठ भौतीक विद जिन शान का अनुसार यो खोजमा सफलता मिलेमा पदार्थ को संरचना एवं त्यसको निर्माण बारेमा पूर्ण जानकारी प्राप्त हुने कुरा बताउदछन् ।

जीमेल च्याट

Filed under: विवीध

भनिन्छ संसारकै सबैभन्दा महत्वपुर्ण उपलब्धी नै कम्युनिकेशन हो त्यसमा पनि इन्टरनेट सेवाले आज विश्वको एक कुनाको मान्छेलाइ अर्को कुनको मान्छे संग बातगर्न, फायलहरु आदान प्रदान गर्न देखि लीएर वेव क्याम मार्फत फोटो हेर्दै बात गर्ने सम्मका सुबिधाहरु केवल १६ बर्षको अन्तरालमा विश्व सामु पश्किसकेको छ । १९९० बाट शुरुआत गरिएको इन्टरनेट आज मानिसहरुका लागि आधारभुत सेवानै भै सकेको छ भन्दा धेरै नहोला । यिनै होडहरु संगै संञ्चारमाध्यमा प्रगतिले प्रत्येक दिन नयाँ सेवा अनि सुविधाहरु पश्कने होड जारी नै छ पक्कै पनि यो हाम्रो खुशीकै खवर हो ।
जीमेल छ रु छ भने एउटा खुसीको खबर । प्रयोगकर्तालाई आदान प्रदान भएका सन्देशलाई खोज्न मिल्ने सेवासहितको कहिल्यै नभरिने बाकसयुक्त इमेल उपलब्ध गराएको गुगलले अब आफ्नो लोकपि्रय सेवामा च्याटको पनि व्यवस्था गर्ने भएको छ ।
त्यसबाट प्रयोगकर्ताले त्यही एउटा वेब ब्राउजर विन्डोबाट इमेल पठाउन र च्याट गर्न सकिनेछ । जीमेल च्याट नाम दिइएको उक्त सेवा प्रयोग गर्नेलाई च्याटका लागि एमएसएन मेसेन्जर जस्तो छुट्टै सफ्टवेयरको आवश्यक पर्दैन ।
उसो त गुगलको पनि आफ्नै मसेन्जर गुगल टक छ जसको प्रयोगका लागि जीमेल एकाउन्ट आवश्यक पर्छ । तर उक्त सेवा एओएल, याहु र एमएसएनको तुलनामा कम लोकपि्रय छ । जीमेलका कतिपय प्रयोगकर्ताले नयाँ सेवालाई मंगलबारदेखि नै अनुभव गर्न पाउने गुगलले बताएको छ । इन्टरनेट ब्राउज गर्ने र इमेल चलाउने कामबीचका कृत्रिम अवरोधहरूलाई हामी हटाउन खोजिरहेका छौं, गुगलका एकजना उपाध्यक्ष सालार कामान्गारले भने ।
इन्स्टान्च मेसेन्जरका प्रयोगकर्ताहरु
एओएल- ५करोड ३० लाख
एमएसएन-२ करोड ७० लाख
याहु- २ करोड दुइ लाख
गुगल- ८ लाख ६६ हजार

श्रोत कान्तिपुर

February 5, 2006

जीवनसाथी पनि पाएँ सारङ्गा

Filed under: विवीध

देशको बिग्रिँदो अवस्थाले नेपाली फिल्म क्षेत्रलाई पनि धेरै चुनौतीहरु दिएको छ जस्को मारबाट प्रभावित कलाकारहरु आफ्नो अस्तित्वको रक्ष गर्न पनि विदेसिनु पर्ने बाध्यता रहेको महसुस गर्दछन भने कति त नेपालको बेमेल स्थितीले चलचित्र क्षेत्र लाइ नै गम्भीर प्रभाव पारेको महसुस गर्दछन। क्रान्तिको चपेटाबाट आहत खोज्ने क्रममा यसरि नै पलायन भएका कलाकार मध्येकै एक कलाकार सारङ्गाको भनाइ यस्तो रहेको छ त्यस्तो अवस्थामा फिल्मी संसारबाट वास्तविक संसारमा पाइला टेक्ने बेला आएको अनुभवले मलाई अवसरको खोजीको निम्ति अमेरिका पुर्‍यायो । अहिले नेपाली विद्यालयमा केटाकेटीहरूलाई नृत्य सिकाउने लक्ष्मी श्रेष्ठको सहायक भएर काम गरिरहेकी छु । त्यसअघि मैले रेष्टुरेण्ट र फाष्ट फुडमा झण्डै चार वर्षकाम गरेँ ।


अमेरिकन पतिका साथ सारङ्गा

यसै क्रममा एकजना विदेशीसँग परिचय भयो । मैले उनलाई सुखदुःख बाँड्ने र एकअर्काको चाहनाको ख्याल राख्ने राम्रो हृदयको जीवनसाथीको रूपमा पाएकी छु । फुर्सदको समयमा मीठोमीठो नेपाली परिकार बनाएर श्रीमानलाई खुवाउँछु, टीभी हेर्छु नेपाल र्फकन सही समय पर्खिरहेकी पनि छु ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

web site visitor counter
Zales Jewelry