नवलपरासीको सुनौल भिडन्तमा१७ सुरक्षाकर्मी र ४ माओवादीको मृत्यु, एक र्सबसाधारणको को स्थिती चिन्ता जनक, दुइ र्सबसाधारण को मृत्यु ...... धनकुट्टामा भीषण हमला पन्ध्र सैनिकसहित २८ सुरक्षाकर्मी बेपत्ता, दुवैतर्फठूलो हताहतीको आशंका.......नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार, माघ १९ ले नेपाली जनतालाई दिएको उपहार ..... अमेरिकामा जीवन साथी पाएर सारङ्गा मख्ख छन .........साहित्यिक कार्यक्रममा सरकारको ठाडो हस्तकक्षेप, ५ साहित्यकार पक्राउ ..........मनीलाको अल्ट्रा स्टेडियममा भएको भागदैडमा मर्नेको सख्या ८८ ............नशा जाँडको आहुँती प्राणको ............... अलसलाम-९८ जहाजको दुर्घटना स्थल, लालसागरमा १३००को मृत्यु १००को सकुशल उद्धार..............असुरक्षीत आकाश...... विक्रि नेपालीको दोष कस्को ?.......कतै टेवलमुनिको सट्टाबजार फस्टाएको त छैन .........जुवाडेको अलाप........"नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास" .......साथीहरुलाई कामना छ प्रगतीको........३६० हज यात्रीको मक्कामा निधन...........क्रिकेट एक जुनुन..... भारत बिरुद्ध पाकिस्तान क्रिकेट एक महायुद्ध.......सन्देश प्रवासीलाई..........होटल भत्किँदा दर्जनौं हजयात्रीको मृत्यु.......साउदीमा फस्टाएको रक्सि.......भावना फाटेका छन मेरा सबै आङ ढाक्ने बस्त्रहरु.......नेता सदन छाडि भागेका..... राजनीति भाषण र आश्वासनका पोका ........... जनता अतिथी देवो भव ........../FONT>

दामुको ब्लग

February 14, 2006

शाही आयोग बर्खास्त, देउवा मुक्त

Filed under: समाचार

शाही सत्ताका भरौटेहरुलाइ एक अर्को झडका, सर्वोच्च अदालतले विवादास्पद भ्रष्टाचार नियन्त्रण शाही आयोगलाई असम्वैधानिक ठहर गर्दै त्यसलाई तत्काल खारेज गर्न आयोगले गरेका सवै कामहरु बदर गर्न आदेश दिएको छ ।
भ्रष्टाचार नियन्त्रण शाही आयोगको वैधानिकता सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दामा माथीको सुनवाइमा अदालतले शाही आयोगलाई खारेज गर्ने आदेश दिएको छ । शाही आयोगको रिटमाथिको सुनुवाइ सकिएपछि अदालतले गत पुस २१ गते निर्णयसुनाउने (निसु) मिति तोकेको थियो । पुस २१ मा नसकेपछि आजका लागि निर्णय सुनाउने मिति तय गरिएको थियो । साथै, उक्त फैसलाले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा भू.पु मन्त्री प्रकाशमान सिंहलाई रिहा गर्ने आदेश दिएको छ ।


सर्वोच्च अदालतको आदेशबाट रिहाइ पाएका देउवा कार्यकर्ताहरुमाझ

आयोगको संवैधानिक र कानुनी आधार नभएको एवम् यसका पदाधिकारी योग्य नभएको दाबीसाथ अधिवक्ता सन्तोषकुमार महतोले रिट दायर गरेका थिए । न्यायाधीशहरू केदारप्रसाद गिरी, मीनबहादुर रायमाझी, रामनगिना सिंह, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठको पूर्णइजलासले उक्त फैसला गरेको थियो । माघ १९ मा राजाले शासन आफ्नो हातमा लिएपछि फागुन २५ मा भ्रष्टाचार नियन्त्रण शाही आयोगको गठन भएको थियो । संविधानको धारा ११५ -७) को संकटकालीन आदेश जारी गरी गठन भएको आयोगको वैधानिकता सम्बन्धमा चर्को विवाद चल्दै आएको छ । शाही आयोगले प्रथम चरणमा माघ १९ मा अपदस्थ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री प्रकाशमान सिंहलाई भ्रष्टाचार गरेको अभियोगमा थुनामा राख्ने फैसला समेत गरेको थियो ।
श्रोत: नेपाली पत्र-पत्रिका






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

web site visitor counter
Zales Jewelry