नवलपरासीको सुनौल भिडन्तमा१७ सुरक्षाकर्मी र ४ माओवादीको मृत्यु, एक र्सबसाधारणको को स्थिती चिन्ता जनक, दुइ र्सबसाधारण को मृत्यु ...... धनकुट्टामा भीषण हमला पन्ध्र सैनिकसहित २८ सुरक्षाकर्मी बेपत्ता, दुवैतर्फठूलो हताहतीको आशंका.......नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार, माघ १९ ले नेपाली जनतालाई दिएको उपहार ..... अमेरिकामा जीवन साथी पाएर सारङ्गा मख्ख छन .........साहित्यिक कार्यक्रममा सरकारको ठाडो हस्तकक्षेप, ५ साहित्यकार पक्राउ ..........मनीलाको अल्ट्रा स्टेडियममा भएको भागदैडमा मर्नेको सख्या ८८ ............नशा जाँडको आहुँती प्राणको ............... अलसलाम-९८ जहाजको दुर्घटना स्थल, लालसागरमा १३००को मृत्यु १००को सकुशल उद्धार..............असुरक्षीत आकाश...... विक्रि नेपालीको दोष कस्को ?.......कतै टेवलमुनिको सट्टाबजार फस्टाएको त छैन .........जुवाडेको अलाप........"नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास" .......साथीहरुलाई कामना छ प्रगतीको........३६० हज यात्रीको मक्कामा निधन...........क्रिकेट एक जुनुन..... भारत बिरुद्ध पाकिस्तान क्रिकेट एक महायुद्ध.......सन्देश प्रवासीलाई..........होटल भत्किँदा दर्जनौं हजयात्रीको मृत्यु.......साउदीमा फस्टाएको रक्सि.......भावना फाटेका छन मेरा सबै आङ ढाक्ने बस्त्रहरु.......नेता सदन छाडि भागेका..... राजनीति भाषण र आश्वासनका पोका ........... जनता अतिथी देवो भव ........../FONT>

दामुको ब्लग

February 11, 2006

सुनवलमा भीषण भिडन्त

Filed under: समाचार

१७ सुरक्षाकर्मी र ४ माओवादीको मृत्यु, एक र्सबसाधारणको को स्थिती चिन्ता जनक, दुइ र्सबसाधारण को मृत्यु

सुनवल -नवलपरासीमा, माघ २८ - सुरक्षाफौज र माओवादीबीच महेन्द्र राजमार्गको सुनवल-बुटवल खण्डमा बिहीबार भएको भिडन्तमा १७ सुरक्षाकर्मी र चार माओवादीको मृत्यु भएको छ । घटनामा बीसभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा आठ सैनिक, सात सशस्त्र र दुई प्रहरी छन् । नजिकै घोडहामा भएको अर्को भिडन्तमा दुई सैनिक मारिएका छन् भने सात घाइते भएका छन् ।

बारीमा सुरक्षाकर्मीहरुका लास खोज्दै स्थानीय गाउँलेहरु …….

पाल्पा आक्रमणमा अपहरित चार सैनिकसहित १२ सुरक्षाकर्मीलाई सुनवलबाट माओवादीले कब्जामा लिएको छ । ठूलो संख्यामा हतियार कब्जा गरेको दाबी पनि माओवादीले गरेको छ । सुरक्षा श्रोतका अनुसार मृत्यु हुनेमा जनपद प्रहरीका रामविनोद साह -बारा र मिठु नेपाली पर्वत) छन् भने अन्यको नाम खुल्न सकेको छैन । माओवादीले एक थान ८१ एमएमको तोप, ३६ थान एम १६ राइफल सहित ५० थानभन्दा बढी हतियार कब्जा गरेको दाबी गरेको छ ।
भिडन्तपछि उक्त क्षेत्रमा सेनासमेत जान सकेको छैन । सुरक्षाकर्मी शव बेवारिसे रहेकाले उक्त क्षेत्र त्रासदीपूर्ण छ । भिडन्त स्थलमा रेडक्रस प्रतिनिधि, मानव अधिकारकर्मी र पत्रकारको समूह शुक्रबार बिहान पुगेको थियो । दिउँसो तीन बजेदेखि तीन घन्टासम्म भएको भिडन्तमा सर्वसाधारणका घर र चौपायालाइ समेत गोली लागेको छ । गोलीबाट एउटा भैंसी र गाई पनि मरेका छन् । राजमार्ग छेउका घरका आँगनमा सुरक्षाकर्मीहरुका शव छरपस्ट छन् । मकैका फुल उठेझैं गोली चलेथे, अर्का प्रत्यक्ष्दर्शी सुनवल-५ का थानेश्वर पाण्डेले भने । राजमार्गसँगै जोडिएको बस्ती, खेत र खोलामा पनि सुरक्षाकर्मीका शव भेटिए । प्रत्यक्ष्ादर्शीका अनुसार भाग्दै गरेका सुरक्षाकर्मीलाई माओवादीले लखेटदै आक्रमण गरेकाले शव जहींतही छरिएका हुन् । नवलपरासीको सदरमुकामबाट एउटा बख्तरबन्द -एमपीभी० सहित ५ वटा गाडीमा संयुक्त सुरक्षाफौज राजमार्गको अवरोध हटाउन घटनास्थल आएको थियो ।
बिहीबार साँझ सुनवल भिडन्तपछि बुटवलको आकाशमा सेनाका हेलिकप्टरले दर्जनौं पटक गस्ती गर्ने र घाइते ओसार्ने काम गरिरहेको थियो । थप सहायताका लागि काठमाडौंबाट रेन्जर दस्तालाई हेलिकप्टरद्वारा बुटवल उतारिएको छ । दिउँसैदेखि सेनाले भिडन्तस्थलतर्फ जान सबैलाई रोकेको थियो ।
निर्दोष पनि मारिए
सुनवल भिडन्तमा ना२ख ८७२९ को ट्रकका चालक कृष्ण पोख्रेल घाइते भएका छन् भने देवदहको घोडहा क्षेत्रको भिडन्तमा घरमा बसिरहेकी १७ वर्षीया किशोरी मन्जु खडकाको खुट्टामा गोली लागेको छ ।
त्यस्तै, माओवादीले सुनवल-परासी खण्डको स्वाँठीमा थापेको विद्युतीय धराप विस्फोट हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो । उनीसँगै रहेका तीन सर्वसाधारण घाइते भएका थिए ।
भारत ठुटीबारीबाट घरायसी सामान किनेर र्फकंदै गरेका देवदह-२ खैरेनीकी २१ वर्षीया अस्मिता चापागाइको विस्फोटमा परी मृत्यु भएको हो । उनीसँगै आएकी देवी तिवारी, पवित्रा ढकाल र गंगा त्रिपाठी घाइते छन् ।
कब्जामा लिएकाको नाम सार्वजनिक
माओवादीले पूर्व-पश्चिम राजमार्गको सुनवल, रुम्भापुरबाट बिहीबार कब्जामा लिएको १२ सुरक्षाकर्मीको नाम शुक्रबार सार्वजनिक गरेको छ ।
कब्जामा रहेका सुरक्षाकर्मी
१. गंगाबहादुर कैरन, नायक -बाजुरा
२. कपिल चौधरी, सशस्त्र प्रहरी हवल्दार -रूपन्देही
३. प्रेमसागर चौधरी, सशस्त्र प्रहरी हवल्दार -नवलपरासी
४. महेन्द्र चौधरी, सैनिक जवान -बर्दिया, क्याउलापुल
५. मीनबहादुर, सैनिक जवान -तनहुँ, दमौली
६. लोकेन्द्र लिम्बू, सैनिक जवान -पाँचथर
७. दीपक सापकोटा, सैनिक जवान -पाँचथर
८. सुमन दाहाल, सैनिक जवान -काभ्रे, पनौती
९. कमासिंह ऐर, सैनिक जवान -बैतडी, पाल्पामा कब्जामा परी छाडिएका
१०. देवबहादुर थापा, सैनिक जवान -बाजुरा, पाल्पामा कब्जामा परी छाडिएका
११. चन्द्रमान ऐर, सैनिक जवान -कञ्चनपुर, पाल्पामा कब्जामा परी छाडिएका
१२. राजेन्द्रसिंह महतारा, सैनिक जवान -बाँके, पाल्पामा कब्जामा परी छाडिएका
(श्रोत- कान्तिपुर)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

web site visitor counter
Zales Jewelry