प्रशंग चिनको….
चिनमा ६३ जनाको आगलागी बाट मृत्यु
चीनमा चलीरहेको बषन्त महोत्सवको समयमा भएका भिन्ना-भिन्नै आगलागीमा परेर मर्नेहरुको सख्या ६३ पुगेको छ भने ४७ घाइतेहरुको चीनका विभिन्न अस्पतालहरुमा उपचारार्थ भर्ना गरिएको छ । गत मंगलबार पेइचिंग बाट प्रकाशित पेपरहरु सुरक्षा निकाको हवाला दिदै लेख्छन जनवरी २८ देखि फरवरी ४ सम्म चलेको उक्त महोत्सवको समयमा देशका बिभीन्न भागमा घटेका दर्ुघटनाहरु बाट ३६.७ लाख डलर बराबरको क्षती भएको छ ।
चीनका बैज्ञानीकहरु द्वारा नयाँ कणको खोज
पेइचिंग। चीनका बैज्ञानीकहरुले हवाइ विश्वविद्यालय संगको सामुहिक खोजबाट नयाँ उप-परमाणु कण पत्ता लगाएका छन् । जसको नाम चीनका बैज्ञानीकहरुले एक्स१८३५ राखेका छन् । स्टेट मीडिया को गत मंगलबारको रिपोर्टका अनुसार यो नयाँ कणको सहयताबाट पदार्थको संरचना बारेमा नयाँ जानकारी मील्ने जीकिर रहेको छ । पेइचिंग अबस्थित इंन्सटिच्युट अफ हाइ एनर्जीमा कार्यरत फिजीक्सका बरिष्ठ भौतीक विद जिन शान का अनुसार यो खोजमा सफलता मिलेमा पदार्थ को संरचना एवं त्यसको निर्माण बारेमा पूर्ण जानकारी प्राप्त हुने कुरा बताउदछन् ।











