नवलपरासीको सुनौल भिडन्तमा१७ सुरक्षाकर्मी र ४ माओवादीको मृत्यु, एक र्सबसाधारणको को स्थिती चिन्ता जनक, दुइ र्सबसाधारण को मृत्यु ...... धनकुट्टामा भीषण हमला पन्ध्र सैनिकसहित २८ सुरक्षाकर्मी बेपत्ता, दुवैतर्फठूलो हताहतीको आशंका.......नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार, माघ १९ ले नेपाली जनतालाई दिएको उपहार ..... अमेरिकामा जीवन साथी पाएर सारङ्गा मख्ख छन .........साहित्यिक कार्यक्रममा सरकारको ठाडो हस्तकक्षेप, ५ साहित्यकार पक्राउ ..........मनीलाको अल्ट्रा स्टेडियममा भएको भागदैडमा मर्नेको सख्या ८८ ............नशा जाँडको आहुँती प्राणको ............... अलसलाम-९८ जहाजको दुर्घटना स्थल, लालसागरमा १३००को मृत्यु १००को सकुशल उद्धार..............असुरक्षीत आकाश...... विक्रि नेपालीको दोष कस्को ?.......कतै टेवलमुनिको सट्टाबजार फस्टाएको त छैन .........जुवाडेको अलाप........"नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास" .......साथीहरुलाई कामना छ प्रगतीको........३६० हज यात्रीको मक्कामा निधन...........क्रिकेट एक जुनुन..... भारत बिरुद्ध पाकिस्तान क्रिकेट एक महायुद्ध.......सन्देश प्रवासीलाई..........होटल भत्किँदा दर्जनौं हजयात्रीको मृत्यु.......साउदीमा फस्टाएको रक्सि.......भावना फाटेका छन मेरा सबै आङ ढाक्ने बस्त्रहरु.......नेता सदन छाडि भागेका..... राजनीति भाषण र आश्वासनका पोका ........... जनता अतिथी देवो भव ........../FONT>

दामुको ब्लग

February 8, 2006

धनकुटामा भिषण हमला

Filed under: समाचार

पन्ध्र सैनिकसहित २८ सुरक्षाकर्मी बेपत्ता, दुवैतर्फठूलो हताहतीको आशंका
सशस्त्र माओवादी छापामारले गएराति धनकुटा बजारमा आक्रमण गरेको समाचार छ । राति पौने नौ बजे धनकुटा बसपार्कस्थित विद्युत् प्राधिकरणको सबस्टेसनमा शक्तिशाली बम विस्फोट गर्राई आक्रमण सुरु गरेका माओवादीले धनकुटास्थित सम्पूर्ण सरकारी कार्यालय ध्वस्त बनाएको समाचार छ । सुरक्षा निकायमा समेत आक्रमण गरेका माओवादीसँग राति अबेरसम्म दोहोरो भिडन्त भएको छ ।
चुली वन क्षेत्रबाट हजारौंको संख्यामा धनकुटा बजार प्रवेश गरेका माओवादीले विद्युत् अवरुद्ध गरी आक्रमण सुरु गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय र सैनिक ब्यारेकमा माओवादीले आक्रमण केन्द्रित गरेको र यो समाचार तयार पार्दासम्म एक सैनिकको घटनास्थलमा शव भेटिएको, १३ प्रहरी र १५ सैनिक सम्पर्कबाहिर रहेको उच्च सुरक्षा अधिकारीले बताए । स्रोतका अनुसार घटनास्थलबाट एक माओवादीको शव र एक जिउँदो माओवादीलाइ पक्राउ गर्नुका साथै एक थान हतियार बरामद गरिएको भए पनि माओवादीतर्फ व्यापक क्षति भएको आशंका गरिएको छ । आज बिहानसम्म भिडन्त जारी रहेकाले भिडन्तमा सर्बसाधारणसमेत परेको बताइएको छ । घटनाको पूर्णविवरण आइसकेको छैन ।

Comments »

The URI to TrackBack this entry is: http://damudd.blogsome.com/2006/02/08/55/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

web site visitor counter
Zales Jewelry