साहित्यिक कार्यक्रममा प्रहरी द्वारा हस्तक्षेपक, ५लाई पकाउ
सुरक्षाकर्मीले सुनसरीमा शनिबार स्रष्टाहरूको लोकतान्त्रिक कविता गोष्ठीमा हस्तकक्ष्ेप गरी साहित्यकार र सञ्चारकर्मीसहित ५ जनालाई पक्राउ गरेको छ ।
लोकतान्त्रिक कार्यक्रमको समाचार संकलन गर्न गएका पत्रकार महासंघका उपसभापति तथा मर्निङ टाइम्स दैनिकका सम्पादक राजेश विद्रोही, ब्लास्ट टाइम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्की, औजार साप्ताहिकका सम्पादक भीम राई ज्वाला, प्रेस चौतारी सुनसरीका अध्यक्ष कृष्णविनोद लम्साल र साहित्यकार बद्रीविशाल पोखरेललाई इटहरीका प्रहरी निरीकक्षक राजाराम अधिकारीको नेतृत्वमा आएको टोलीले पक्राउ गरी हिरासतमा राखेको थियो । पत्रकार महासंघ र नागरिक समाज इटहरीले त्यस कार्यको विरोध गरेको छ ।
विज्ञप्तिमा निर्वाचनको असफलताबाट सरकार अत्तालिएको उल्लेख गर्दै उनीहरूको तत्काल रिहा नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।











