विक्रि नेपालीको दोष कस्को ?
शान्तिकामी भनीने नेपालीहरुले आफ्नो अस्तित्व कवाडीको दाउमा लगाउनु साच्चै नै पिडा दायी एवं दुःख दायी विषय हो । बुद्धको छत्रछायाँमा हुर्केको शान्तिलाई कुल्चदै नेपालीले, नेपालीहरुमाथी नै ज्यादती गर्नु त झनै निन्दनीय कुरा हैन र ।
बैदेशिक रोजगारमा जानु नेपालीहरुको रहर न भएर बेमेल सामाजिक परिस्थिती, राजनैतिक उथल-पुथल, जनचेतनाको अभाव अनि पारिवारीक समस्या भने केही नेपालीहरु देखा-सेखीमा पनि विदेसीएको पाईन्छ । जो जसरी आए पनि आखिरत प्रवासीनै हो । हरेक नेपालीहरुमाथी विदेशीका आखाँहरुले शान्ति, कर्मठ, लगनशिल एवं दृढता खोजेको कुरामा दर्ुइ मत नहोला । यसैले नेपालीहरुको बैदेशीक रोजगारको सम्भावनाहरु असाध्यै धेरै रहेका छन जस्लाई नियमीत एवं व्यवस्थित बनाउन सके नेपाली अर्थतन्त्रलाई बलियो टेवा नहोला भन्न सकिन्न ।
आज हज्जारौका संख्यामा नेपालीहरुको बेरोकटोक बिक्रि बितरणको समाचार पत्रपत्रिकाहरुमा पढन पाउनु कुनै नौलो कुरा रहेन । मेनपावरको विठ्याईका अनेकन प्रकरणहरु पत्रकारका कलम मार्फत हामीसम्म आई पुग्दा पनि बिक्रि बढनुबाट बिज्ञहरु सशंकीत छन् कतै टेवलमुनिको सट्टाबजार फस्टाएको त छैन ।
मुखमा राम-राम बगालीमा छुरा… भने झै दलालहरुको मीठो बोलीमा फुस्लिएका हामी नेपालीहरुले बिदेश जान हरेक दलाललाई ७०,००० हजार देखि १लाख १०हजार सम्म एक मुष्ट रकम बुझाएका छौ । त्यसमाथी विदेसमा एक्स्ट्रा कटिङ्ग आउदा त मनै अमीलो भएर आउँछ । हामी चाहेर पनि न त नेपाल र्फकन नै सक्छौ न त केहि बोल्न नै, किन कि हामी माथी पारिवारीक कर्तव्य, साहुँको ऋण अनि भविश्यको खोजी को दायित्व छ जसलाई कुनै पनि मुल्यमा पुरा गर्नै पर्ने हुन्छ । सुरक्षीत भविश्यका लागि भौतारीएका हामी धेरै जसो नेपालीहरु पहिलो पटक विदेश जादै हुन्छौ हामीलाई न त करार अवधीका बारेमा नै थाहा हुन्छ न त काम यिनै कुराहरुको फाईदा उठाउदै दलालहरुले हाम्रो कमजोरी लाई उपहास गर्दै निर्लज्ज रुपमा हाम्रो निर्वाध व्यापार गर्न पछि पर्दैनन् ।
पहिलो कदममा नै आफ्ना भाई-छिमेकि-साथी आदीबाट नै ठगीएका हामी, हाम्रो लक्ष्यसम्म पुग्नलाई ठगको त एक लाईनै छीचल्नु पर्छ भन्दा अर्घेलो हुदैन । सर्बप्रथम एउटा दलाल नामक ठगबाट ठगीएर मेनपावर सम्म आईन्छ । उसरि नै जसरि हाम्रा गाउँघर तिर गाउँकोबस्तुव्यापारीहरुले गाई-बस्तु गोठबाटै उठाउँदछन र अर्को फाटँमा लगेर बाध्दछन् । यो त शुरुआत मात्र हो बजार देख्न त धेरै दुःख झेल्न बाँकी नै हुन्छ । अर्कोर् इलाकाको भनौ या गाउँको व्यापारि भन्दा ठुलो व्यापारी आउँछ बेझिझक मोल तोल शुरु हुन्छ उसरी नै मेन पावरमा नेपालीको मोल तोल हुन्छ । अनि मात्र शुरुहुन्छ यात्राको कुरा गाउँको व्यापारीले लिखाले रगत चुसेझै हाम्रो पसिनाको एउटा हिस्सा चुसेर हामीलाई जुम्रा समक्ष जीम्मा लगाउँदछ । उसको चुर्साईबाट हामीलाई पीडाभए पनि भविश्यको लागि पिडा भुलाउदै अघि बढने कोशिसमा लाग्दछौ ।
भोको जुम्राको टोकाईबाट अरु आहतहुदै जग्गा साहुँकोमा बन्धकी दिएर भए पनि आफैमा संहालीनु शिवाय अरु के नै बाकी होला । नक्कली कागजात, ठूला-ठूला आश्वासन, राम्रो काम धेरै दाम अनि यस्तै यस्तै धेरै नाराहरु हामीलाई मेनपावर कम्पनीबाट हामीमा भरिन्छ अनि कुनै पनि समय भकुण्डोलाई भकुरे झै भकुरिन्छ । कम्पनीको नाम एका तिर हुन्छ बैदेशिक रोजगार विभाग बाट अर्कै कम्पनीको नाममा चलानी पत्र काटदा सम्म मन्त्रालय नत कुनै सोध छ न त कुनै खोज नै बेवारीसे नेपालीको यात्रा कस्तो होला । मेनपावर र दलाल पैसा गन्न र कमाईबाढ-फाडमा व्यस्त छन सरकार एवं बैदेशिक रोजगार प्रबर्धन शाखाका सरकारी कर्मचारी घुसको पोकामा विक्ता छन ।
बम्बैको कोठीबाट एक नेपालीचेलीलाई नारीकिय जीवनबाट मुक्ति भनेर भोलीको पत्रिकाले निकाल्दछ । प्रशासन संयन्त्र चेली नेपालमा प्रबेश गरे पश्चात सल्बलाउँछ । अलिकता घाटि भिजाउने सितन नपाए सम्म किन कि ति केटी बेच्नेले सरकारी कर्मचारीलाई रिझाएका हुदैनन् । तथा कथित खुल्ला भनिएका र नेपाल सरकारले इजाजत प्रदान गरेका मेनपावर कम्पनी भनीने मानब तस्करहरुको अखडाबाट खुलेआम भएको मानव तस्करमा न त सरकारको पक्षबाट कुनै अवरोध छ न त कुनै खोजी नै । पर्सिको पत्रिकाले हेडलाईनमा निकाल्दछ इराकमा १२ जना नेपालीको निर्मम हत्या । विदेश जान हिडेका १५० जना नेपालीहरुको दिल्लीमा बिचल्ली ….
सरकारी कर्मचारीहरु रगतले अघाएको जुका पल्टिए झै पेट उत्तानो बनाएर पल्टिएका छन् । मेनपावरका तस्करहरु वेअबरोध मानब तस्करको धन्दा चलाउन पाएकोमा मख्ख छन् । निमुखा नेपालीको रगत र पसिनामा पृष्ट-पोषित ति जुका र यि तस्करहरुले नेपालीहरुको शहनशिलता अनि धैर्यता देखेका छन तर देखेका छैनन् धैर्यता टुटेको अनि देखेको छैनन् विर गोर्खालीको इतिहास महान विजयको ।
नेपाली समय दोश्रो भदौ १६गतेको प्रतिक्षामा छ । धैर्यताको बाध टुटेमा अकल्पनिय मावन छलाङ्ग निश्चय छ त्यो समयको माग हो जो निमुखानेपालीको रुपमा निश्चय नै छाल बनेर आउनेछ त्यसको सामना गर्न मानब तस्करहरुको कुनै पनि शक्ति अर्समर्थहुनेमा दुइमत नहोला । व्वासा र स्यालहरुको दन्त्यकथा संग मिल्दो नेपालीहरुको बास्तविकता पनि विडम्बना पूर्ण नै छ । एकाधँ नेपालीहरुले मात्र मेनपावरको संझौताबमोजीम काम पाएको तितो सत्य तपाई हामी माझ र्छलङ्ग नै छ । यति बिघ्न ठगीएका घटनाहरु नेपाली सामुआउँदा पनि कानमा तेलहालेर बसेको सरकारले कुनै दायीत्व बोध नै नगरेकोमा बुद्धिजीविहरु असाध्यै मर्माहत छन् ।












it’s excellent artical; grate
Comment by damudd — January 30, 2006 @ 9:13 am