जुवाडेको अलाप
“नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास” १४ बर्षरामको बनवास देखि पाण्डवहरुको बनवास सम्म हामीले हाम्रा धार्मिक ग्रन्थहरुमा पाउन सक्छौ । जुवा, तास आफैमा एक विसाक्त शव्द हो जो स्वयंमा विष भरिएको छ । विष भरिएको प्यालालाई सिनित्त पार्दै विष ओकल्ने नेपाली महापुरुषहरु तपाईले र्सवसुलभ रुपमा पाउन सक्नुहुन्छ खोज्ने कष्ट नै गर्न पर्दैन । मादकताको नशामा चुर्लुम्म डुवेका महापुरुषहरुको प्रवचन सुन्नमा चुक्नु भयो भने तपाईलाई सजाय पनि हुन सक्छ किनकी तपाई महापुरुषको कृयाकलापलाई आलिङ्गन गर्न सक्नु हुन्न, तपाईले नामर्दको पदवी पनि कमाउन सक्नुहुने छ । यहि रेडिमेड जवाफ पाउनु हुन्छ पहिलो चरणको सजायमा ।
बडा बडा कहावत छाट्ने यस्ता महापुरुषको त ताल नै बेग्लै हुन्छ । मदहोषीको सीमारेखा छिचोल्दै नशामा कुर्लने यस्ता लौह पुरुषको विगविगी सडक देखि सदन सम्म जहाँ तहा सजिलै निहाल्न सक्नु हुन्छ । समाजको रक्षक हुँ भन्न पछि नपर्ने यि भक्षकहरुको हुल कहिले साहित्यकारको गरिमामा, कहिले समाज सेवीको पगरिमा त कहिले निमुखा नेपालीहरुको सहयोगीका रुपमा उदाउँछन्, यिनका मिठा भाषण र चिप्लोकुरामा अल्झने हरेक नेपालीको सपना एवं बर्तमान त स्वाहा हुन्छ नै भविश्यमा पनि अन्धकारमा विलय हुन्छ ।
आफ्नो र्सवस्व साहँुकहाँ बन्धकीराखी विदेसीएका नेपालीहरुको अन्तर कथामा भित्रीएका कुलतहरु मध्ये निकृष्ठ कुलत हो तास । एकातिर आफ्नो स्वणिर्म भविश्य माथी कुठाराघात गर्दछन् अर्का तिर हृदयभरिको चोटमा मल्हम पट्टीको सट्टामा चुक घस्न कुनै कसर छाडदैन यो कुलतले । ठर्राको मातसंगै सौहार्दपूर्ण शुरुआत भएको तास त्यस बेला सम्म कायम रहन्छ जब सम्म हार मारको स्थिती आउदैन जब कसैको खल्ति कसिलो र कसैको खुकुल्लिन थाल्छ तब पाखुराको कपडा अनायसै कुहिना तिर सोहोरिन्छ, कानका जरिहरु तात्ताता अनि राता हुन्छन, सौम्य मुद्रा बाट धिमी गतिमा जुवाडे रौद्रमुद्रामा प्रबेश गर्दछ । जाईकटक गर्दिन झिकी कटक छाडदिन भन्ने हाम्रो मुल मर्मलाई कुचल्दै अखडा रत्नपार्रकमा परिवर्रतन हुन्छ । छिनभरमै भताभुङ्गहुन्छ मित्रता, बिगरेको मान्छेको भत्केको घर जता मन पर्छ उतै मर… यहि दिन्छ तासले ।
प्रबासीएका नेपालीहरुका हकमा साथी भनेपनि परिवार भने पनि यिनै नेपाली साथी नै हुन जस्ले सुखमा अनि दुःखमा साथ दिन्छन् । तिनैसंग कुस्ता कुस्ति त्यो पनि तासको निहुमा अनि बहकिदै भन्ने गरेका पाईन्छ ल˜ज्जा आज देखि तास खेल्दिन । तास छोएछु भने त के र जुवाडेका यस्तै यस्तै अलापहरु प्रसस्तै सुन्न पाईन्छन व्यवहारिक नभए पनि ।
भनिन्छ लगन पछिको पोते के काम, पाखुरा सुर्कनु पूर्व ध्यान पुर्याएमा केहि फलदायी रहला उसै त गरिब देशका गरिब नेपाली त्यसमाथीको कुलत कति नै पो धान्न सकिएला र ।











