नवलपरासीको सुनौल भिडन्तमा१७ सुरक्षाकर्मी र ४ माओवादीको मृत्यु, एक र्सबसाधारणको को स्थिती चिन्ता जनक, दुइ र्सबसाधारण को मृत्यु ...... धनकुट्टामा भीषण हमला पन्ध्र सैनिकसहित २८ सुरक्षाकर्मी बेपत्ता, दुवैतर्फठूलो हताहतीको आशंका.......नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार, माघ १९ ले नेपाली जनतालाई दिएको उपहार ..... अमेरिकामा जीवन साथी पाएर सारङ्गा मख्ख छन .........साहित्यिक कार्यक्रममा सरकारको ठाडो हस्तकक्षेप, ५ साहित्यकार पक्राउ ..........मनीलाको अल्ट्रा स्टेडियममा भएको भागदैडमा मर्नेको सख्या ८८ ............नशा जाँडको आहुँती प्राणको ............... अलसलाम-९८ जहाजको दुर्घटना स्थल, लालसागरमा १३००को मृत्यु १००को सकुशल उद्धार..............असुरक्षीत आकाश...... विक्रि नेपालीको दोष कस्को ?.......कतै टेवलमुनिको सट्टाबजार फस्टाएको त छैन .........जुवाडेको अलाप........"नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास" .......साथीहरुलाई कामना छ प्रगतीको........३६० हज यात्रीको मक्कामा निधन...........क्रिकेट एक जुनुन..... भारत बिरुद्ध पाकिस्तान क्रिकेट एक महायुद्ध.......सन्देश प्रवासीलाई..........होटल भत्किँदा दर्जनौं हजयात्रीको मृत्यु.......साउदीमा फस्टाएको रक्सि.......भावना फाटेका छन मेरा सबै आङ ढाक्ने बस्त्रहरु.......नेता सदन छाडि भागेका..... राजनीति भाषण र आश्वासनका पोका ........... जनता अतिथी देवो भव ........../FONT>

दामुको ब्लग

January 29, 2006

जुवाडेको अलाप

“नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास” १४ बर्षरामको बनवास देखि पाण्डवहरुको बनवास सम्म हामीले हाम्रा धार्मिक ग्रन्थहरुमा पाउन सक्छौ । जुवा, तास आफैमा एक विसाक्त शव्द हो जो स्वयंमा विष भरिएको छ । विष भरिएको प्यालालाई सिनित्त पार्दै विष ओकल्ने नेपाली महापुरुषहरु तपाईले र्सवसुलभ रुपमा पाउन सक्नुहुन्छ खोज्ने कष्ट नै गर्न पर्दैन । मादकताको नशामा चुर्लुम्म डुवेका महापुरुषहरुको प्रवचन सुन्नमा चुक्नु भयो भने तपाईलाई सजाय पनि हुन सक्छ किनकी तपाई महापुरुषको कृयाकलापलाई आलिङ्गन गर्न सक्नु हुन्न, तपाईले नामर्दको पदवी पनि कमाउन सक्नुहुने छ । यहि रेडिमेड जवाफ पाउनु हुन्छ पहिलो चरणको सजायमा ।

बडा बडा कहावत छाट्ने यस्ता महापुरुषको त ताल नै बेग्लै हुन्छ । मदहोषीको सीमारेखा छिचोल्दै नशामा कुर्लने यस्ता लौह पुरुषको विगविगी सडक देखि सदन सम्म जहाँ तहा सजिलै निहाल्न सक्नु हुन्छ । समाजको रक्षक हुँ भन्न पछि नपर्ने यि भक्षकहरुको हुल कहिले साहित्यकारको गरिमामा, कहिले समाज सेवीको पगरिमा त कहिले निमुखा नेपालीहरुको सहयोगीका रुपमा उदाउँछन्, यिनका मिठा भाषण र चिप्लोकुरामा अल्झने हरेक नेपालीको सपना एवं बर्तमान त स्वाहा हुन्छ नै भविश्यमा पनि अन्धकारमा विलय हुन्छ ।

आफ्नो र्सवस्व साहँुकहाँ बन्धकीराखी विदेसीएका नेपालीहरुको अन्तर कथामा भित्रीएका कुलतहरु मध्ये निकृष्ठ कुलत हो तास । एकातिर आफ्नो स्वणिर्म भविश्य माथी कुठाराघात गर्दछन् अर्का तिर हृदयभरिको चोटमा मल्हम पट्टीको सट्टामा चुक घस्न कुनै कसर छाडदैन यो कुलतले । ठर्राको मातसंगै सौहार्दपूर्ण शुरुआत भएको तास त्यस बेला सम्म कायम रहन्छ जब सम्म हार मारको स्थिती आउदैन जब कसैको खल्ति कसिलो र कसैको खुकुल्लिन थाल्छ तब पाखुराको कपडा अनायसै कुहिना तिर सोहोरिन्छ, कानका जरिहरु तात्ताता अनि राता हुन्छन, सौम्य मुद्रा बाट धिमी गतिमा जुवाडे रौद्रमुद्रामा प्रबेश गर्दछ । जाईकटक गर्दिन झिकी कटक छाडदिन भन्ने हाम्रो मुल मर्मलाई कुचल्दै अखडा रत्नपार्रकमा परिवर्रतन हुन्छ । छिनभरमै भताभुङ्गहुन्छ मित्रता, बिगरेको मान्छेको भत्केको घर जता मन पर्छ उतै मर… यहि दिन्छ तासले ।

प्रबासीएका नेपालीहरुका हकमा साथी भनेपनि परिवार भने पनि यिनै नेपाली साथी नै हुन जस्ले सुखमा अनि दुःखमा साथ दिन्छन् । तिनैसंग कुस्ता कुस्ति त्यो पनि तासको निहुमा अनि बहकिदै भन्ने गरेका पाईन्छ ल˜ज्जा आज देखि तास खेल्दिन । तास छोएछु भने त के र जुवाडेका यस्तै यस्तै अलापहरु प्रसस्तै सुन्न पाईन्छन व्यवहारिक नभए पनि ।

भनिन्छ लगन पछिको पोते के काम, पाखुरा सुर्कनु पूर्व ध्यान पुर्‍याएमा केहि फलदायी रहला उसै त गरिब देशका गरिब नेपाली त्यसमाथीको कुलत कति नै पो धान्न सकिएला र ।

Comments »

The URI to TrackBack this entry is: http://damudd.blogsome.com/2006/01/29/44/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

web site visitor counter
Zales Jewelry