नवलपरासीको सुनौल भिडन्तमा१७ सुरक्षाकर्मी र ४ माओवादीको मृत्यु, एक र्सबसाधारणको को स्थिती चिन्ता जनक, दुइ र्सबसाधारण को मृत्यु ...... धनकुट्टामा भीषण हमला पन्ध्र सैनिकसहित २८ सुरक्षाकर्मी बेपत्ता, दुवैतर्फठूलो हताहतीको आशंका.......नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार, माघ १९ ले नेपाली जनतालाई दिएको उपहार ..... अमेरिकामा जीवन साथी पाएर सारङ्गा मख्ख छन .........साहित्यिक कार्यक्रममा सरकारको ठाडो हस्तकक्षेप, ५ साहित्यकार पक्राउ ..........मनीलाको अल्ट्रा स्टेडियममा भएको भागदैडमा मर्नेको सख्या ८८ ............नशा जाँडको आहुँती प्राणको ............... अलसलाम-९८ जहाजको दुर्घटना स्थल, लालसागरमा १३००को मृत्यु १००को सकुशल उद्धार..............असुरक्षीत आकाश...... विक्रि नेपालीको दोष कस्को ?.......कतै टेवलमुनिको सट्टाबजार फस्टाएको त छैन .........जुवाडेको अलाप........"नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास" .......साथीहरुलाई कामना छ प्रगतीको........३६० हज यात्रीको मक्कामा निधन...........क्रिकेट एक जुनुन..... भारत बिरुद्ध पाकिस्तान क्रिकेट एक महायुद्ध.......सन्देश प्रवासीलाई..........होटल भत्किँदा दर्जनौं हजयात्रीको मृत्यु.......साउदीमा फस्टाएको रक्सि.......भावना फाटेका छन मेरा सबै आङ ढाक्ने बस्त्रहरु.......नेता सदन छाडि भागेका..... राजनीति भाषण र आश्वासनका पोका ........... जनता अतिथी देवो भव ........../FONT>

दामुको ब्लग

January 15, 2006

दामोदरको पत्र नेपाली साथीहरुलाइ… कामना छ प्रगतीको ।

साथीहरुमा नमस्कार,

भन्दछन समय पक्षि हो यो कहिल्यै बाँधिदैन कुनै पनि कैद या जेलले समयको ताकत छेक थुन गर्न हिम्मत कस्दैन । समय अत्यन्त नै बलवान एवं ताकतवर हुदो रहेछ । एउटा समयको छाल संगै मितेरि गाँस्दै साउदी भित्रीएको पनि अबत ३ बर्षपुरा भै सकेछ र आज अन्तिम दिन पनि म सामु आईसकेको रहेछ ।
यी ३ बर्षा म आफुले आफैलाई भाग्यमानी भएको महसुश गरेको छु कि मैले साथीहरुको साथ एवं मायाँले मेरो कठिन भन्दा कठिन परिस्थितीको सहज सामना गर्न र निसंकोच पाईलाहरुलाई लक्ष्य तर्फ मोडन सके । तपाईहरुको सल्लाह, सुझाव एवं मार्गदर्शन ले मेरो जिवनको निराश मोडलाई सुखानुभुतिमा परिवर्तन गर्न सके यो नै मेरो जिवनको महत्व पूर्ण उपलव्धि रर्‍यो ।
तपाईको साथ एवं उत्साहले हामीलाई साउदीमा केहि गर्न प्ररित गर्‍यो र हामीले तपाईको प्रेरणा र उत्साहलाई उर्जामा बदल्दै एक संस्थाको सुत्राधार गर्‍यौ त्यो संस्थाको नाम हो चौतारी समूह नेपाल यस्को स्थापना २०६० सालमा भयो । सुचना, सहयोग अनि जनचेतानालाई हामीले संस्थाको मुख्य लक्ष्य बनाई अघि बढने क्रममा हामी विच धेरै थोरै विधानत विभेद न आएका भने होईनन् । बिना चुनौतीको लक्ष्य त कहाँ सम्भव होला र हामी पनि यिनै वाक्यांश लाई मनन गर्दै अघि बढयौ ।
विगतमा आएर चौतारी एक रुग्ड एवं बुढो बरको रुख भै भएको कुरालाई नकार्न सकिदैन । आपसी तालमेलको अभाव, द्वैध चरित्र एवं व्याक्ति विषेसको हावी हुनु आदी कारण हरुले चौतारीलाई धेरै नै पछाडि धकेली दियो । लक्ष्यलाई एकातीर थाती राख्दै द्रव्यको पछि दगुर्नु, आर्थिक अनियमितता एवं अपारदर्शिता हाम्रा परम शत्रु भए । यिनै शत्रुहरुले चौतारीको सपना, सम्मान र गौरवमाथी चन्द्रमाको दाग झै भिमकाय धव्वा दिए जो हामी सबैका लागि र्समनाक रहयो ।
यसैविच हामीले नेपाली चेलीबेटीहरुका बारेमा चिज ब. गुरुङ्गजी तथा अन्य मित्रहरु संगको आपसी समझदारी लाई कायम गर्न नसक्नु अर्को लज्जास्पद विषय बन्यो । आखाँहरुले नयाँ सपना देखेका थिए, हाथहरुले साथनै दिएनन् । तकदिरले साउदीमा केहि गर्ने प्रेरणा प्रदान गरेको थियो भाग्यहरुले सम्झौता गर्ने अवसर नै दिएनन् । यि सारा बिषयहरु नियाल्दा आफैमा असाध्यै दुःखीत छु मैले केहि गर्न नै सकिन ।
साथीहरुले बडा बडालेखहरु लेख्न चुक्नु हुन्न ति रचनाहरु पढदा त लाग्छ अब केहि होला तर त्यो त लेखमा मात्र सिमित हुदा असहृय पिडा महसुश गर्नु सिबाय केहि रहेन । विगत ३ बर्षेखि चौतारीमा बसे धेरै मिटीङ्गहरु भए माफि माग्नेकाम भए तर “कुकुरको पुच्छर निस्कदा ……….” जस्ताको उस्तै, यहि कमजोरी एवं दुखानु भुतीहरुलाई साथ लिएर म मात्रीभुमी र्फकदै छु । हारेको सिपाही झै ……… जित दर्ज गर्न नसकेकोमा दुःखीत छु , भुलेर पनि बिर्सने छैन तपाईहरुका प्रेरक साथ …..
कामना गर्दछु पशुपति नाथले सबै प्रबासी साथीहरुमा नयाँ जोश, सुस्वास्थ्य एवं प्रगती कायम गर्दै जाउन ….

जाँदा जादै…..तपाईहरुको सल्लाह, सुझाब अनि मार्गदर्शनका लागि मेरो मेल ठेगाना ईमेल हो अनि व्लग वेव पेज हो ।

तपाईहरुकै दुःखी साथी

Comments »

The URI to TrackBack this entry is: http://damudd.blogsome.com/2006/01/15/42/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

web site visitor counter
Zales Jewelry