नवलपरासीको सुनौल भिडन्तमा१७ सुरक्षाकर्मी र ४ माओवादीको मृत्यु, एक र्सबसाधारणको को स्थिती चिन्ता जनक, दुइ र्सबसाधारण को मृत्यु ...... धनकुट्टामा भीषण हमला पन्ध्र सैनिकसहित २८ सुरक्षाकर्मी बेपत्ता, दुवैतर्फठूलो हताहतीको आशंका.......नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार, माघ १९ ले नेपाली जनतालाई दिएको उपहार ..... अमेरिकामा जीवन साथी पाएर सारङ्गा मख्ख छन .........साहित्यिक कार्यक्रममा सरकारको ठाडो हस्तकक्षेप, ५ साहित्यकार पक्राउ ..........मनीलाको अल्ट्रा स्टेडियममा भएको भागदैडमा मर्नेको सख्या ८८ ............नशा जाँडको आहुँती प्राणको ............... अलसलाम-९८ जहाजको दुर्घटना स्थल, लालसागरमा १३००को मृत्यु १००को सकुशल उद्धार..............असुरक्षीत आकाश...... विक्रि नेपालीको दोष कस्को ?.......कतै टेवलमुनिको सट्टाबजार फस्टाएको त छैन .........जुवाडेको अलाप........"नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास" .......साथीहरुलाई कामना छ प्रगतीको........३६० हज यात्रीको मक्कामा निधन...........क्रिकेट एक जुनुन..... भारत बिरुद्ध पाकिस्तान क्रिकेट एक महायुद्ध.......सन्देश प्रवासीलाई..........होटल भत्किँदा दर्जनौं हजयात्रीको मृत्यु.......साउदीमा फस्टाएको रक्सि.......भावना फाटेका छन मेरा सबै आङ ढाक्ने बस्त्रहरु.......नेता सदन छाडि भागेका..... राजनीति भाषण र आश्वासनका पोका ........... जनता अतिथी देवो भव ........../FONT>

दामुको ब्लग

January 15, 2006

साउदीबाट निलनको पत्र नेपाली साथीहरुलाइ…………………

सम्पूर्ण मित्रहरुमा नमस्कार…. साथमा शुभ प्रभात
जिन्दगीको यात्रामा एक अघोशीत कैदी बन्दै, अपराध विनाको जेलमा ३ साल काटिसकेको रहेछु भन्ने कुरा आज बल्ल चालपाएँ । मित्रहरु, विगतका दिनहरुमा के गरे, के नगरेपनि वास्तवमा आमाबाबु बेगर बाँच्न सकिन्छ तर साथीहरु विना बाँच्न सकिन्न भन्ने उक्तिलाई सत्यता मैले यस साउदी अबरको मरुभूमिबाट प्रमाण पाएँ । खुशी लाग्यो विगतका दिनहरुमा साथीहरुसंग कहिले हाँसि मजाक गरियो त कहिले झै झगडाहरु सायद यस्तो नगरेको भए हामीले यहाँ आएर अनगिन्ति पाठहरु सिक्ने थिएन कि- सायद हाम्रो यात्रामा त्यस्ता घटनाहरु नघटेको भए, अघोशीत कैदी भई अपराध विनाको जेलमा परिवार र आफन्तहरुको सम्झनाले पिरोलिएर दिनहरु काट्न साह्रो हुन्थ्यो कि-

त्यसैले मित्रहरु आज सबैलाई चट्कै छोडेर जान नचाहंदा नचाहंदै पनि समयको डोरीले बाँधिएका दिनहरु फुट्किएको छ । मेरो मातृभूमिले मलाई बोलाईरहेको छ । त्यसैले यहाँको साथीहरुको न्यांनो मायालाई हृदयमा राखि, साथीहरुद्वारा सिकाईएको विभिन्न सिप, विचार र बाटाहरुलाई अंगालि भविष्यमा कुनै पनि असफल भन्ने संज्ञालाई जिन्दगीको पाईलाबाट निकालि, परिवार, समाज र देशको सेवा गर्ने भावना लिएर यस अपराध विनाको जेलमा अघोशीत कैदीबाट मुक्त भएर आजको दिनबाट यस साउदी अरबमा साथीहरुको माझबाट विदाहुन गईरहेको छु ।

मित्रहरु, यदि मेरो कारण कसैलाई आत्मदुखीत भएको छ भने, कसैलाई दुःखमा परेको छ भने, मेरो काराण कसैको मन दुखेको छ भने, यसै अन्तिम पत्र मार्फ क्षमा माग्दै आईन्दा यस्तो हुने छैन् भन्ने आत्मालोचना गर्दै साथीहरुमाझबाट विदाहुन चाहन्छु । तर तपाईहरुको विचार र मायालाई सदैब आत्मसम्मानका साथ स्वागत गर्दछु । मित्रहरुको लागि विचार, मायाहरु पठाउँने ठाउँ thechomi@yahoo.com , nilank44@hotmail.com , फोन ५५७००५० या मोबाईल ९८४१३६३४७८ मा सर्म्पर्क गर्नुहुन अनुरोध गर्दछु ।

निलन महर्जन

2 Comments »

The URI to TrackBack this entry is: http://damudd.blogsome.com/2006/01/15/14/trackback/

  1. Thats a grate letter for frane

    Comment by damudd — January 15, 2006 @ 11:16 am

  2. thanks

    Comment by damudd — January 15, 2006 @ 11:17 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

web site visitor counter
Zales Jewelry