क्रिकेट एक जुनुन
सन् १९४७ पछि स्वतन्त्रता पाएका दक्षिण पू्र्व एशियाका क्रिकेट महारथीका रुपमा परिचित राट्र भारत र पाकिस्तानको आफ्नो छुट्टै क्रिकेटको रोचक इतिहास छ । यी २ राष्ट्रहरु कहिले युद्धमा होमीए त कहिले क्रिकेटरुपी शान्तिका हातहरु एक आपसमा मिलाए । सन् १९५४ मा शुरुआत भएको क्रिकेटको जुनन संगै धेरै देशहरुले दक्षिण पुर्व एशियामा क्रिकेटकै माध्यमबाट दुइदेश विचको कटुता पुर्ण सम्बन्धमा नयाँ आयाम आउने आपसी समझदारीको सुत्राधार बन्ने उत्साहको रुपमा हेरे । यसैले पनि भारत पाकिस्तान क्रिकेटलाई अर्थ पूर्ण रुपमा हेरिन्छ ।
सन् १९५४ देखि २००४ सम्ममा भारत विरुद्ध पाकिस्ताको जम्मा ५३ बटा टेष्टहरु सम्पन्न भै सकेका छन जसमा भारतको पल्ला पाकिस्ताको अगाडि टिक्न नसकेको आभास हुन्छ । जम्मा ५३ टेष्ट म्याचमा भारतले जम्मा ८ जीत दर्ज गर्न सफल रहृयो भने पाकिस्तानले जम्मा ११ पटकको जीत सगै भारतको भन्दा आफ्नो पल्ला भारिरहेको स्पष्ट पार्यो भने जम्मा ३४ टेष्ट म्याच ड्र मा समाप्त भएका छन् ।
भारतलाई क्रिकेट जगतमा आफ्नो भुमीको शेरको रुपमा पनि चिन्दछन । भारत विरुद्ध पाकिस्तानको जम्मा ३० टेष्ट म्याच भारतमा सम्पन्न भएका छन जस्मा भारतले ६ टेष्टमा शानदार जीत दर्ज गर्यो भने पाकिस्तानले जम्मा ५ टेष्टमा मात्र जीत हासील गरेको पाइन्छ र १९ टेष्टम्याच ड्र भए ।
उता पाकिस्तानमा सम्पन्न २३ श्रृखलामा पाकिस्तानले जम्मा ६ टेष्टम्याचमा शानदार जीत दर्ज गर्यो भने भारतले पाकिस्तान विरुद्ध २ पटकमात्र जीत हासील गर्यो अन्य १५ टेष्टम्याच ड्र रर्यो ।
यी माथीको आकडाले भारतलाइ पाकिस्तानी धर्तीमा पाकिस्तानी पल्ला केहि भारी पर्ला कि भन्ने कुरालाइ नकार्न भने सकिन्न । सन् २००६ मा हुन गैरहेको म्याचको नतिजा कस्तो होला त्यो त भविश्यकै गर्भमा छ । जनबरीको जाडोसंगै सम्पन्न हुन लागेको क्रिकेट ले दुबैदेशमा भाइचारा बढाओस् । आपसी दुश्मनी मित्रतामा बदलीयोस दक्षिण पूर्व एशियाले शान्तिको श्वास
प्रश्वास खुलेर लिन पाओस् कामना छ दुबै टिमलाइ …… ।
सन् २००६ को म्याच तालीका निम्न बमोजीम रहेको छ
टेष्ट म्याचहरु
जनवरी १३, शुक्रबार -जनवरी १७ मंगलबार पाकिस्तान Vs भारत पहिलो टेष्ट स्थान लाहोर
जनवरी २१, शनिबार -जनवरी २५ बुधबार पाकिस्तान Vs भारत दोश्रो टेष्ट स्थान फजलाबाद
जनवरी २९, आइतबार -फेब्रुअरी २ विहिबार पाकिस्तान Vs भारत तेश्रो टेष्ट स्थान कराची
एक दिवसीय म्याचहरु
फेब्रुअरी ०६ सोमबार पाकिस्तान Vs भारत पहिलो एक दिवसीय स्थान पेशावर
फेब्रुअरी ११ शनिबार पाकिस्तान Vs भारत दोश्रो एक दिवसीय स्थान रावलपिण्डी
फेब्रुअरी १३ सोमबार पाकिस्तान Vs भारत तेश्रो एक दिवसीय स्थान लाहोर (D/N)
फेब्रुअरी १६ विहिबार पाकिस्तान Vs भारत चौथो एक दिवसीय स्थान मुल्तान (D/N)
फेब्रुअरी १९ आइतबार पाकिस्तान Vs भारत पाँचौ एक दिवसीय स्थान कराची











