सन्देश प्रवासीलाई
शुनिश्चित भविश्यका लागि बर्तमानलाई बलि दिई प्रवाशिएका अधिकाशं नेपालीहरुमा केहि कमाउने र आफ्नो कमाईको हरेक पाई लाई सञ्चित गर्ने भन्ने भावना पाउनु स्वागत योग्य धारणा हो कतै हाम्रो धारणा र व्यवाहारमा नेपाली राजनीतिज्ञको हावाले त छोएको छैन । कामना गरौ नेपाली राजनीतिको हावाले कहिल्यै हाम्रो वास्तविकताको लक्ष्मण रेखा पार नगरोस् । घरमा बुढा भएका बाबु आमालाई बिना साहारा बनाएर सुरक्षीत भविश्यको खोजीमा भौतारीएका नेपालीहरुलाई कहि पनि जुझारु कर्मठ एवं शान्ति प्रियको संज्ञा दिईएको पाईन्छ यो गौरबको विषय हो तर हामीले सायदै हाम्रो उपमा कायम राख्न सकेको छौ कि, त्यो सोचनीय बिषय बनेको छ । हामी शान्तिका हिमायती भनेर कुर्लने नेपालीहरुले शान्तिलाईकतै अपाङ्ग त बनाउदै छैनौ । हाम्रो पलायन ले के शिक्षा देला हाम्रो समाज अनि गाउँलाई । भएका युवाहरु सुरक्षीत भबिश्यका नाममा प्रवासिए पछि, यो मनन गर्ने बेला आएको छ कि नेपाल रहे मात्र हाम्रो भविश्य सुनिश्चित छ ।
मात्रीभुमी असहृय पिडामा छटपटिएको छ । बेदनाका आवाजहरुले गुञ्जयमान आसमानले हाम्रो बाटो पर्खी रहेछ । हामी संग सोधि रहेछ प्रबास नै तिम्रो हो मात्री भुमीको कुनै दायीत्व छैन - पैसा नै ठुलो हो अस्तित्वको कुनै मुल्य छैन - के चाहान्छौ नेपाली, नेपाली आमाको गुमेको अस्तित्व ….. आदि प्रश्नहरु हामी सामु तेर्सिए झै लाग्छ । रुग्ड भएको शान्ति लम्पसार परेको छ उस्का आहट र चिच्याहट भाव विहृल भएको मात्रीभुमी हामीलाई धिक्कारदै भन्दै छ मुग्लान हैन तिम्रो, जन्म भुमि तिम्रो हो फर्क अब त फर्क…….।
आज नेपाल मार-काट, लुट, अपहरण र हत्याले त्राही त्राही भएको छ । असहृय पिडामा गुज्रीएको जन्म भुमीमाथी निर्लज्ज आतातायीहरु खुलेआम मृत्युको खेल खेलेका छन । काल्पनीक राक्षसका गुफा झै लाग्ने तिनका गीद्धे नजरहरुले नेपाल र नेपालीलाई मर्माहत तुल्याउन लागि परेका छन । आज नेपाल लाई नेपालीको फुटको हैन एकताको खाचो छ, क्रान्तिको हैन शान्तिको अनुरोध छ मात्रीभूमीलाई बारुदको हैन मल्हम पट्टीको आवश्यकता छ । भौतिक पुर्वाधारको बिनाश चाहेको छैन पूनर्जागरणको अपरीहार्यता हामी सामु छर्लङ्गीएको छ ।











