मुक्तकहरु
नेता
सदन छाडि भागेका
सडक बाट लखेटिएका
१२ बर्षे ढुडि गन्हाउने
कुकुरको गेटअपमा श्यालको झै दुष्कर्म गर्ने ।
राजनीति
भासण र आश्वासनका पोकाहरु
नेपालीहरुलाई ज्यादती एवं विश्वासघातको पुरस्कार दिन
गरिवि बढाउने बेरोजगारी थप्ने
सत्ता सत्ता घुस घुस मात्र जप्ने फोहोरी खेल
जनता
अतिथी देवो भव मा आश्रीत
असहाय सजीव प्राणी
सडक, सदन एवं जंगल बाट त्रसीत
एक त्रसीत प्राणी अनिश्चीत भविश्यमा रुमलीएको











