भावना
फाटेका छन मेरा सबै आङ ढाक्ने बस्त्रहरु
टालौ भन्छ हृदयले भक्कानीदै कता कता
रुग्ड बस्त्र संगै मेरा मनका ति चाहाहरु
जोडौ भन्छु कनि कुथी अरु हुन्छ धुजा धुजा ।
पुराना भए झैलाग्छ बार्दली औ कौसीहरु
अघिल्तीरै भए झै लाग्छ रात गाढा औशीहरु
प्रयत्न छ सधै मेरो टाल्ने मेरा कौसीहरु
आउने होकि तुफान फेरी कौसी मेरो टुटाउन ।
आउने हो कि औसी फेरी मलाई नै गीज्याउन
मक्काई सकेका छन मेरा घरका छानाहरु
बने झै लाग्छ जलासय मेरा घरका चोटीहरु
चुहेका छन मेरा घरका पुराना ति छानाहरु ।
जोडौ भन्छ भावनाले कसरिहो ठोक्राउने
पहिला पाला पनि मैले जोडेर नै चलाए थें
यस्पाला त फाट्दा मैल कसरिहो सच्याउने
थेग्नै सक्दीन भावनालाई कता टालौ कता जोडौ ।











