सन् २००५ मा सूचना प्रविधिमा उल्लेखनीय परिवर्तनहरू देखिएका छन् । सूचना प्रविधिको विकास एवं विस्तारसँगै विश्व अहिले एउटा गाउँमा परिवर्तन भएको छ । विश्वको कुनै स्थानबाट पठाइएका समाचार हुन वा अन्य गतिविधि तत्कालै त्यसलाई विश्वभर प्रवाह गर्न सूचना प्रविधिले महत्त्वपूर्ण भूमिका खेलेको छ ।
सानो आकारको सिपियु
प्रविधिको विकाससँगै इलेक्ट्रोनिक्स सामानको आकार पनि घट्दै गएको छ । प्रारम्भिक चरणमा ठूला आकारमा आएका सामग्रीहरू पछिल्लो अवधिमा सानो स्वरूपमा पाइनु यसको ज्वलन्त उदाहरण हो । आकारमा सानो भए पनि यस्ता उपकरणहरू उपयोगका हिसाबले निकै प्रभावकारी हुने गरेका छन् । कम्प्युटरको आकार पनि दिन-प्रतिदिन सानो बन्दै गएको छ । डिजिटल संसारको उपलब्धिका रूपमा वर्षको प्रारम्भमा आएको ‘म्याक मिनी’ को सिपियुको बनावट हेर्नेबित्तिकै प्रविधि विकासमा प्राप्त उपलब्धि स्पष्ट हुन्छ । एप्पल कम्पनीका इन्जिनियरहरूद्वारा डिजाइन गरिएको यो सिपियु ६ दशमलव ५ इन्च फराकिलो तथा २ इन्च अग्लो छ । मूल्य ४ सय ९९ अमेरिकी डलर तोकिएको म्याक मिनी सानो भए पनि यसलाई अन्य मनिटर, किबोर्ड तथा माउसको साथमा प्रयोग गर्न सकिन्छ । म्याक मिनीमा आइपोडको सहायताले संगीत पनि सुन्न सकिन्छ । तस्बिर व्यवस्थापन तथा सम्पादनमा सफ्टवेयरको सहायताले काम गर्न सकिन्छ । यसमा विद्युतीय गितार वा किबोर्डलाई प्लगसँग जोडेर संगीत सिर्जना गर्न सकिन्छ भने आइलाइफको प्रयोगले अचम्मको डिजिटल संसारमा पुगिन्छ । इन्टरनेटको पनि सुविधा रहने यो कम्प्युटरमा भएका सफ्टवेयर, एड्रेस बुक, फ्याक्स आदिलाई सेलफोन तथा आइपोडमा समेत सार्न सकिन्छ ।
उत्कृष्ट ग्याजेट ल्यापटप
अमेरिकी पत्रिका मोबाइल पिसिले एप्पल पावरबुक १०० लाई सबैभन्दा उत्कृष्ट ग्याजेट ल्यापटपका रूपमा छनौट गरेको छ । पत्रिकाले अहिलेसम्मकै १ सय ग्याजेटको नाम सार्वजनिक गर्ने क्रममा एप्पलको ल्यापटप सर्वोत्कृष्ट ठहरिएको थियो । सन् १९९१ मा निर्मित यो मोडलको ल्यापटप एक स्थानबाट अर्को स्थानमा लान हलुका तथा आकर्षक छ । यसका अतिरिक्त भविष्यका पिसिहरूको लेआउट निर्धारण गर्न यसले मद्दत गर्ने दाबी यसका उत्पादकहरूको छ । मोबाइल पिसिले सार्वजनिक गरेका अन्य दस ग्याजेटमा जेनिथ स्पेस कमान्ड रिमोट कन्ट्रोल, सोनी वाकमेन, मोटोरोला स्टारटक, सिडिआइ मेकानिकल माउस, क्यासिओ क्युभी-१० डिजिटल क्यामेरा, युएस रोबोटिक्स पाइलट, डायमन्ड मल्टिमिडिया रियो, अटारी ७६०० तथा टिभो सिरिज वान छन् ।
म्याकिन्तोस सर्जकको निधन
म्याकिन्तोस कम्प्युटर बनाउने समूहका संयोजक जेफ रस्किनको यसै वर्ष प|mेब्रुअरी २६ मा निधन भयो । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका ६१ वषर्ीय रस्किन क्यान्सरबाट पीडित थिए । रस्किन प्राध्यापन, गणितज्ञ, अर्केस्ट्रा सोलोइस्ट, साइकल रेसर, हवाईजहाज डिजाइनर, कम्प्युटरजस्ता विधामा निपुण थिए । एप्पल कम्पनीका लागि रस्किनले कम्प्युटरका थुप्रै डिजाइन गरेका थिए । जसमध्ये म्याकिन्तोस सफल भयो । म्याकिन्टोसको सफलतासँगै रस्किन कम्प्युटर जगतमा विशिष्ट पहिचान बनाउन सफल भए । सन् १९८४ मा सार्वजनिक भएको म्याकमा ग्राफिकल डिजाइन तथा क्लिक गर्दा चल्ने माउस प्रविधि विकास गरिएको थियो । एप्पल कम्पनीको प्रशासन विभागबाट सेवा प्रारम्भ गर्ने रस्किनले सन् १९७९ मा कम्प्युटरसम्बन्धी एक कामको जिम्मेवारी पाएका थिए । त्यसपछि एप्पलले सार्वजनिक गर्ने आकर्षक मोडलका कम्प्युटर निर्माणमा रस्किनको महत्त्वपूर्ण भूमिका रह्यो ।
रस्किनको नेतृत्वमा म्याकिन्तोस कम्प्युटरले सूचना प्रविधिको क्षेत्रमा उपल्लो स्तरको उपलब्धि प्राप्त गरेको थियो । कम्प्युटर मेसिन सस्तो हुनुपर्ने, व्यावसायिकभन्दा सामान्य उपभोक्ताप्रति केन्दि्रत हुनुपर्ने मान्यता रस्किनको थियो । ग्राफिकल इन्टरफेस, आइकन डकुमेन्ट, डबल क्लिकिङ माउस, ३ दशमलव ५ इञ्चको फ्लपी डिस्क आदि रस्किनका मौलिक सिर्जना हुन् ।
सोनी पिएसपी उत्कृष्ट
स्टफ म्यागजिनले सार्वजनिक गरेअनुसार यो वर्ष सोनी कम्पनीको प्लेस्टेसन पोर्टेबल -पिएसपी) २००५ ले सर्वोत्कृष्ट ग्याजेटका रूपमा बेलायती बजार ओगट्न सफलता प्राप्त गरेको छ । म्यागजिनले गरेको टपटेनको सूचीमा यसले प्रथम स्थान पाएको थियो । यसरी उत्कृष्ट ठहरिएका अन्य ९ ग्याजेटमा आइपड फोटो ६० जिबी, सार्प ९०२ थि्रजी मोबाइल फोन, पेन्ट्याक्स अप्टिओ एसभि डिजिटल क्यामेरा, सोनी भिएआइको भिजिएन-टिटु ल्यापटप, सामसुङ येप वाइएच-९९९, फिलिप्स होम सिनेमा, पेन्टाक्स अप्टिओ एमएक्स ४ टेपलेस कामकोर्डर, ब्लापडक्ट सिकागो आइभिडिएम-७००२ सेटलाइट न्याभिगेसन, बिटि एभिएटर १० एम डिएबी रेडियो छन् । म्यागजिनका अनुसार यी ग्याजेटहरू उपभोक्ताको सर्वसुलभतालाई ध्यानमा राख्दै बजारको मागको आधारमा छनौट गरिएको हो ।
मोबाइल भाइरस
मोबाइल प्रयोगकर्ताहरूले पनि यो वर्ष भाइरसको सामना गर्नुपर्यो । मोबाइल फोनमा तस्बिर तथा आवाजसहितका मल्टिमिडिया सन्देशमार्फत् सफ्टवेयर भाइरस विस्तार भैरहेको सिमान्टेक सेक्युरिटी र्फमले जानकारी दिएको थियो । कमआरिओर डट् ए नामको भाइरसले मोबाइल फोनमा भएका सम्र्पक सूचीहरूमा मल्टिमिडिया म्यासेज पठाउने गरेको छ । यसले ब्याट्रीको आयु घटाउने सिमान्टेकले बताएको छ । तर यो भाइरस मोबाइलमा मात्र सीमित हुने तथा यो इन्टरनेटमार्फत् द्रुत गतिमा विस्तार हुन नसक्ने दाबी उक्त कम्पनीको छ । प्रयोगकर्ताले यस्ता म्यासेजलाई चिनेर डाउनलोड नगरे अथवा म्यासेजमा क्लिक नगरे मोबाइलमा यसको प्रवेश हुन सक्दैन ।
चोरीका सफ्टवेयरको प्रयोग
चोरीका माध्यमबाट लिइएका सफ्टवेयरको प्रयोग कानुनी दृष्टिकोणले अपराध मानिन्छ । तर चोरीको सफ्टवेयर चलाउनेहरूको संख्या अत्यधिक भएकाले डराइहाल्नुपर्दैन । बिजनेस सफ्टवेयर अलाइन्सले गरेको सर्वेक्षणअनुसार पछिल्ला वर्षहरूमा इन्स्टल गरिएका अधिकांश सफ्टवेयर चोरीको माध्यमबाट प्राप्त भएका हुन् । अनधिकृत रूपमा सफ्टवेयरको कारोबारका कारण आइटी उद्योगलाई सन् २००३ मा २९ अर्ब डलरको घाटा भएको थियो । यसैगरी सन् २००४ मा ३३ अर्ब डलर नोक्सान भएको छ । सन् २००५ मा यो रकम अझ बढ्ने अनुमान कम्पनीले गरेको छ । सन् २००४ मा ९० अर्ब डलरको सफ्टवेयर इन्स्टल गरिएको थियो भने सन् २००३ मा ८० अर्ब डलरको सफ्टवेयर इन्स्टल गरिएको थियो । सर्वेक्षणअनुसार भियतनाम, युक्रेन, चीन तथा जिम्बावे चोरीका सफ्टवेयर बढी प्रयोग हुने राष्ट्रमा पर्छन् । यी राष्ट्रमा इन्स्टल गरिने कुल सफ्टवेयरको ९० प्रतिशतभन्दा बढी पाइरेटेड अर्थात् चोरीका छन् ।
सिएनएनको प्रतिवेदन
चर्चित अमेरिकी टेलिभिजन सिएनएनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विकास भएका २५ वटा प्रविधि यसै वर्ष सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै टेलिभिजनले भनेको छ- यी प्रविधिबिना मानिसको जीवन अपूरो हुनेछ । ती २५ प्रविधिमध्ये इन्टरनेट सबैभन्दा मुख्य उपलब्धि भएको प्रतिवेदनले बताएको छ । व्यापारदेखि लिएर ज्ञानको खेतीका लागि पनि इन्टरनेट सशक्त माध्यम हो । अहिलेको ठूलो विश्वलाई सानो बनाउने प्रविधि इन्टरनेट नै हो । सिएनएन प्रतिवेदनअनुसार ८० को दशक पछि विकास गरिएका प्रविधिहरूले सूचना तथा सञ्चारको क्षेत्रमा नयाँ परिवर्तन ल्याएका छन् । यस्ता प्रविधिहरूमा इन्टरनेट, सेलफोन, व्यक्तिगत कम्प्युटर, अप्टिकल फाइबर, इमेल, कमर्सलाइज्ड जिपिएस, पोर्टेबल कम्प्युटर, मेमोरी स्टोरेज डिस्क, डिजिटल क्यामेरा, रेडियो पि|mक्वेन्सी आइडी ट्रयाग्स, एमइएमएस -मेम्स), डिएनए फिंगर पि्रन्टिङ, एयरब्याग, एथ्यिम, एडभान्स्ड ब्याट्री, हाइबि्रड कार, ओएलइडिएस, डिस्प्ले प्यानल्स, एचडि टिभी, स्पेस सटल, नेनो टेक्नोलोजी, फ्याक्स मेमोरी, भ्वाइस मेल, मोडर्न हियरिङ एड्स तथा हाई पि|mक्वेन्सी रेडियो छन् ।
माइक्रोसफ्टलाई चुनौती
यो वर्ष १८ वर्षर्ीय एक युवकले माइक्रोसफ्टलाई चुनौती दिएका छन् । विश्वभरका ९५ प्रतिशत कम्प्युटर प्रयोगकर्ताको मन जित्न सफल माइक्रोसफ्टका निम्ति अन्य आइटी कम्पनी बाधक नभएर यी युवा कसरी चुनौती बन्न पुगे भन्ने विषयमा एउटा रोचक कथा पनि यसै वर्ष सार्वजनिक भयो । अमेरिकाका वेकुबर हाइस्कुलका यी छात्र माइक रोले माइक-रो-सफ्ट डट् कम नामक वेबसाइट प्रारम्भ गरेपछि माइक्रोसफ्ट कम्पनीले वकिलहरू लगाएर उनलाई २५ पेज लामो कानुनी सूचना पठायो । माइक्रोसफ्टले भनेको छ- माइकले वेबसाइटमार्फत् उसको ट्रेडमार्क प्रयोग गर्ने प्रयास गरेका छन् । कम्पनीका मालिक बिल गेट्सले माइकलाई उक्त वेबसाइट छोड्न १० डलर दिने घोषणा गरे । जुन रकमले अर्को डोमेन नेम लिन सकिन्छ तर जवाफमा युवकले १० हजार डलर माग गरे । यो रकम उनले पाए-नपाएको कुरा गोप्य नै रहे पनि उनको वेबसाइट यति धेरै चर्चामा आयो कि १२ घन्टामा १ लाख ५० हजार मानिसले उक्त वेबसाइट भिजिट गरेका थिए । यो कुराले चाहिनेभन्दा वढी चर्चा पाएपछि अन्ततः कम्पनीले उक्त घटनाबाट लज्जित हुनु परेको बतायो ।
आइबिएमको नयाँ माउस
आइबिएमका अनुसन्धानकर्ताहरूले यसै वर्ष नयाँ प्रकारको माउस विकास गरे । माउसलाई हातले समाउँदा कम्पनका कारण यताउता सर्ने तथा कर्सर हल्लने जस्ता समस्यालाई यो माउसले निराकरण गर्ने छ । यो माउसले जुनसुकै पिसि तथा अपरेटिङ सिस्टममा काम गर्नेछ । कम्पनीका अनुसार क्यामेरा प्रयोग गर्दा झैं आकृतिलाई स्थिर गर्ने प्रणाली जस्तै नयाँ माउसले काम गर्नेछ । माउसको प्रयोगका कारण हात काम्ने समस्याले पीडित प्रयोगकर्तालाई ध्यानमा राखेर यो प्रविधिको विकास गरिएको कम्पनीको दाबी छ । यसले प्रयोगकर्ताले निर्देशित गरे अनुसार काम गर्न सक्ने बताइन्छ ।
अनावश्यक मेल नियन्त्रणका लागि एन्टिस्पाम
इमेल प्रयोगकर्ताले अनावश्यक इमेलका कारण हैरानी खेप्नुपरेको छ । यस्ता मेलहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने समस्याले प्रयोगकर्तालाई मात्र होइन सफ्टवेयर कम्पनीहरूलाई पनि सोच्न बाध्य बनाएको छ । अनावश्यक मेलबाट बच्न आइबिएम कम्पनीले नयाँ सेवा प्रारम्भ गरेको छ । यो सेवाले अनावश्यक मेललाई जहाँबाट आएको हो त्यहीं फर्काउने काम गर्छ । आइबिएम रिसर्चको फेरयुसिइ नामक यो प्रविधिमा डाटाबेस प्रणालीको प्रयोग गरिएको छ । जसले स्पाम मेल पठाउने कम्प्युटरलाई पहिचान गर्न सक्षम हुन्छ । फेरयुसिइले त्यस्तो मेललाई पठाउनेको इमेल एकाउन्टमा मात्र होइन जुन कम्प्युटरबाट पठाएको हो, त्यहीं फिर्ता पठाउँछ । आइबिएमका सुरक्षा निर्देशक स्टुआर्ट म्याकइर्भिनका अनुसार जुनसुकै बेला इमेलमार्फत् सूचना प्रविधि प्रणालीलाई नै ध्वस्त पार्ने स्पामर तथा ह्याकरहरूको प्रयासलाई विफल बनाउन यसले सहयोग गर्नेछ ।
गुगलविरुद्ध माइक्रोसफ्ट सर्च इन्जिन
इन्टरनेट सर्चिङमा एकाधिकार राख्ने गुगलसँग प्रतिस्पर्धा गर्न माइक्रोसफटले तथ्यपरक तथा शक्तिशाली सर्च इन्जिनको घोषणा यसै वर्ष गर्यो । प्रयोगकर्ताले खोजेको कुरा तत्कालै पाउन सकुन् भनेर सर्च इन्जिनलाई अपडेट गर्ने काम गरिएको माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सले बताएका छन् । यसका लागि एमएसएन डट् कमले लाखौं प्रश्नको उत्तर एकछिनमंै दिनेछ । यसमा वेब पेज, तस्बिर, समाचार, संगीत आदि शीर्षकमा खोज गर्न सकिनेछ । एमएसएन सर्च इन्जिन १० भाषामा उपलब्ध छ । एमएसएनलाई समय सुहाउँदो रूपमा अपडेट गर्दै लाने कम्पनीले बताएको छ ।
निःशुल्क इमेल सुविधा
इमेल सेवा प्रदायक संस्थाहरूले यो वर्ष प्रयोगकर्ताहरूलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले एक जिबी निःशुल्क स्टोरेज उपलब्ध गराएका छन् । प्रतिस्पर्धा बढ्दै गएपछि पहिलो पटक गुगलले बढी स्टोरेज क्षमताको निःशुल्क मेल सेवा उपलब्ध गराएको थियो । गुगलले केही एमबी मात्र स्टोरेज क्षमता भएका याहु तथा एमएसएन हटमेललाई उछिन्दै १ जिबी निःशुल्क स्टोरेजको व्यवस्था गर्यो । त्यसपछि गुगलको जिमेल एकाउन्ट खोल्नेको संख्या पनि दु्रत गतिमा बढ्यो । यो सुविधा उपलब्ध भएपछि अन्य कम्पनीले पनि स्टोरेज क्षमता बढाउनुपर्ने आवश्यकता महसुस गरे । याहुले २ सय ५० एमबी भएको आफ्नो क्षमतालाई १ जिबीमा पुर्याइसकेको छ भने हटमेलले पनि थप क्षमता विस्तार गर्दै जाने लक्ष्य राखेको छ । उसले २ सय ५० एमबी स्टोरेज गर्ने बताएको भए पनि सबै प्रयोगकर्ताले यो सुविधा पाउन सकेका छैनन् । याहुले सशुल्क याहु मेल लिनेलाई २ जिबीको सुविधा दिएको छ ।
मोबाइलमा चलचित्र
चीनका टेलिभिजन कार्यक्रम निर्माताहरूले मोबाइलका ग्राहकहरूका लागि टेलिचलचित्र निर्माण गर्ने घोषणा यसै वर्ष गरे । मोबाइल फोनका लागि बनाइने यस्ता चलचित्र ५ मिनेटको हुने निर्माता कम्पनी बेइजिङ लेसी मिडिया ग्रुपले जनाएको छ । यो वर्ष चीनमा मोबाइल प्रयोगकर्ताको संख्या ४० करोड नाघ्नेछ । त्यसैले पनि यस्ता कार्यक्रमले लोकपि्रयता पाउन सक्छन् । टेलिचलचित्रका अतिरिक्त राशिफल, जलवायु, खेलकुद तथा उपन्याससमेत मोबाइलमा उपलब्ध हुनेछ । कम्पनीले मोबाइल चलचित्रको मूल्य पनि तोकेको छ ।
जनावरले मोबाइल बोके
दक्षिण अपि|mकाको केपटाउन समुद्री किनारका डल्पिmनहरूलाई मोबाइल सन्देश ग्रहण गर्न सक्ने चिप यसै वर्ष उपलब्ध गराइयो । डल्पिmनले आफ्नो शरिरमा जडान गरिएको मोबाईल सेल चीप मार्फत ध्वनि सन्देश ग्रहण गर्न तथा फर्काउन सक्नेछन् । यसले वैज्ञानिकहरूलाई समुद्री जीवको गतिविधि, सामुद्रीक गतिविधि, मौसम आदि विषयमा जानकारी प्रदान गर्नेछ । डल्पिmनलाई मानव सहयोगी जीवका रूपमा चिनिन्छ । वैज्ञानिकहरूले दक्षिण अपि|mकाका हात्ती, जेब्रा आदि जनावरमा पनि मोबाइलको एसआइएम कार्ड जडान गरेका छन् । यसले उनीहरूका हरेक गतिविधिको जानकारी प्राप्त हुने विज्ञहरूले बताएका छन् ।
इन्टरनेटमा भिडियो सर्च
गुगलले आफ्नो सर्च इन्जिनलाई विस्तार गर्ने क्रममा भिडियो सर्चको पनि विकास गरेको छ । गत अपि्रलदेखि प्रयोगकर्ताले यो सेवा प्रयोग गर्न पाएका छन् । इन्टरनेटको क्षेत्रमा सबैभन्दा उल्लेखनीय उपलब्धि मानिएको यो सेवामा युजरले ढुक्कसँग गुणस्तरीय भिडियो हेर्न सक्छन् । गुगलको सर्भरमा संकलन भएका विभिन्न किसिमका भिडियो आफ्नो रुचि एवं आवश्यकताअनुसार हेर्न, भिडियोमा टेलिभिजन क्लिप्स हेर्न सकिने यो प्रविधि लोकपि्रय हुने विश्वास लिइएको छ । यसैगरी याहु डट् कममा पनि भिडियो क्लिप्स हेर्न सकिन्छ । यसका लागि एबिसि न्युज तथा सिएनएन डट कमले याहुलाई भिडियो न्युज उपलब्ध गराउने भएका छन् ।
एक्स्पीपछि अब लङहर्नको पालो
माइक्रोसफ्टले एक्स्पीपछि अर्को विन्डोज अपरेटिङ सिस्टमको विकास गरेको छ । लङहर्न नाम दिइएको यो अपरेटिङ सिस्टमको पूर्ण संस्करण सन् २००६ को डिसेम्बरसम्ममा बजारमा आउनेछ । यो सिस्टम हालसम्मको सबैभन्दा पछिल्लो अपडेटेड सिस्टम हुने छ । नयाँ डेक्सटप डिजाइन, सूचना व्यवस्थित गर्ने थुप्रै दृश्य शैली तथा तीव्र गतिको सर्चिङ यसका विशेषता हुन् । यसबाहेक यो अपरेटिङ सिस्टममा बढी सुरक्षा एवं गहकिलो ग्राफिक्स प्रविधि रहनेछ ।