नवलपरासीको सुनौल भिडन्तमा१७ सुरक्षाकर्मी र ४ माओवादीको मृत्यु, एक र्सबसाधारणको को स्थिती चिन्ता जनक, दुइ र्सबसाधारण को मृत्यु ...... धनकुट्टामा भीषण हमला पन्ध्र सैनिकसहित २८ सुरक्षाकर्मी बेपत्ता, दुवैतर्फठूलो हताहतीको आशंका.......नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार, माघ १९ ले नेपाली जनतालाई दिएको उपहार ..... अमेरिकामा जीवन साथी पाएर सारङ्गा मख्ख छन .........साहित्यिक कार्यक्रममा सरकारको ठाडो हस्तकक्षेप, ५ साहित्यकार पक्राउ ..........मनीलाको अल्ट्रा स्टेडियममा भएको भागदैडमा मर्नेको सख्या ८८ ............नशा जाँडको आहुँती प्राणको ............... अलसलाम-९८ जहाजको दुर्घटना स्थल, लालसागरमा १३००को मृत्यु १००को सकुशल उद्धार..............असुरक्षीत आकाश...... विक्रि नेपालीको दोष कस्को ?.......कतै टेवलमुनिको सट्टाबजार फस्टाएको त छैन .........जुवाडेको अलाप........"नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास" .......साथीहरुलाई कामना छ प्रगतीको........३६० हज यात्रीको मक्कामा निधन...........क्रिकेट एक जुनुन..... भारत बिरुद्ध पाकिस्तान क्रिकेट एक महायुद्ध.......सन्देश प्रवासीलाई..........होटल भत्किँदा दर्जनौं हजयात्रीको मृत्यु.......साउदीमा फस्टाएको रक्सि.......भावना फाटेका छन मेरा सबै आङ ढाक्ने बस्त्रहरु.......नेता सदन छाडि भागेका..... राजनीति भाषण र आश्वासनका पोका ........... जनता अतिथी देवो भव ........../FONT>

दामुको ब्लग

January 1, 2006

सन् २००५ का सर्वाधिक धनी व्यक्तिहरू

Filed under: समाचार

विश्वप्रसिद्ध म्यागजिन ‘फोब्र्स’ ले प्रत्येक वर्ष विश्वका सबैभन्दा धनी व्यक्तिहरूको सूची प्रकाशित गर्छ । सन् २००५ को धनी व्यक्तिहरूको सूचीमा सन् २००४ जस्तै माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स नै अग्रपंक्तिमा रहे ।

बिल गेट्स

४९ वषर्ीय बिल गेट्स मेडिना, अमेरिकाका बासिन्दा हुन् । उनको सम्पत्ति ४६ दशमलव ५ विलियन डलर बराबर छ । मेलिन्दा गेट्ससँग वैवाहिक सम्बन्धमा गाँसिएका गेट्स तीन सन्तानका पिता हुन् । उनले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्दागर्दै सफ्टवेयरको सानो व्यापारमा लागेर पढाइ छाडेका थिए । बेलायत सरकारद्वारा प्रदान गरिने ‘सर’को सम्मानित उपाधिलाई उनले सन् २००४ मार्चमा अस्वीकार गरेका थिए । हाल उनको कम्पनी कम्प्युटर सप\mटवेयरबाहेक टेलिभिजन, सेलफोनजस्ता वस्तुहरू उत्पादन गर्न व्यस्त छ । ‘सफ्टवेयर जहाँ छ त्यहाँ कदम छ’ भन्ने गेट्सको माइक्रोसप\mट कम्पनी लङ्गहर्न नामक नयाँ भर्सन २००६ मा निकाल्ने योजनामा छ । माइक्रोसप\mट कम्पनीले अहिले अनलाइन संगीत, तस्बिर तथा खोजमूलक सफ्टवेयरलाई बढी जोड दिइहेको छ । गेट्सले २० अरब डलर बराबरको आफ्नो सेयर क्यानिडियन राष्ट्रिय रेल्वे, रिपब्लिक सर्भिसजस्ता कम्पनी-लाई बेचेका छन् । यो वर्ष उनी २७ विलियत डलर अनुदान दिएबापत विश्वकै सर्वश्रेष्ठ अनुदानदातासमेत बनेका छन् ।

वारेन बफेट

७३ वषर्ीय वारेन बफेट पनि ओमाआ, अमेरिकाकै बासिन्दा हुन् । तीन छोराछोरीका बाबु बफेटले युनिभर्सिटी अफ नेब्रास्काबाट आर्ट्स र साइन्समा स्नातक तथा कोलम्बिया युनिभर्सिटीबाट साइन्समा स्नातकोत्तरको अध्ययन पूरा गरेका छन् । उनको कुल सम्पत्ति ४५ विलियन डलर बराबर छ ।

लक्ष्मी मित्तल

५४ वषर्ीय लक्ष्मी मितल धनी व्यक्तिको सूचीमा तेस्रो नम्बरमा छन् । भारतीय मूलका बेलायती नागरिक मित्तलले आर्ट्स तथा साइन्समा स्नातक गरेका छन् । दुई सन्तानका पिता मित्तलको आम्दानीको मुख्य स्रोत स्टिलको व्यापार हो । उनको कुल सम्पत्ति २५ विलियन डलर छ । हालै उनले आफ्नो इस्पात इन्टरनेसनल नामक कम्पनीलाई ओहियो बेस्ड इन्टरनेसनल स्टिल नामक कम्पनीसँग गाभेका छन् । यसै वर्ष आफ्नी छोरीको पाँच दिन लामो विवाहका निम्ति उनले भर्सिलिजमा ६ करोड रुपैयाँ खर्च गरेका थिए । हालै उनले १० अर्ब रुपैयाँ खर्च गरेर लन्डनमा १२ कोठे आलिसान बंगला किनेका छन् ।

कोलोर्स सिलम हेल

कोलोर्स सिलम हेल ल्याटिन अमेरिकाका सबैभन्दा धनी व्यक्ति भए पनि विश्वकै धनाढ्य व्यक्तिको सूचीमा चौथो स्थानमा पर्छन् । ६५ वषर्ीय हेल मेक्सिकोका नागरिक हुन् । अटो पार्ट्सका व्यापारी हेल खुद्रा व्यापार, बैंकिङ तथा बिमासम्बन्धी कारोबार पनि गर्छन् । उनको कुल सम्पत्ति २३ दशमलव ८ विलियन डलर छ । मोबिल कम्पनीका मालिक हेलको सम्पत्ति यस वर्ष मात्रै १० बिलियन डलर बढेको छ । छ सन्तानका पिता हेलको आम्दानीको मुख्य स्रोत खुद्रा कारोबार नै हो ।

राजकुमार अलसाउद

धनाढ्यहरूको सूचीमा पाँचौं नम्बरमा रहेका साउदी अरेबियाका ४८ वषर्ीय राजकुमार अलसाउदको प्रमुख आयस्रोत विभिन्न व्यापारिक क्षेत्रमा गरिएको पारिवारिक लगानी नै हो । उनी राजनीतिज्ञका साथै व्यापारी पनि हुन् । उनले आर्ट्स तथा साइन्समा स्नातकसम्मको शिक्षा पूरा गरेका छन् । सिटीग्रुप नामक कम्पनीमा मात्रै उनको १० विलियन डलरको लगानी छ । उक्त कम्पनीले आफ्नो आम्दानी २००४ मा १ सय १७ प्रतिशतले वृद्धि गरे साउदी वित्तीय बजारमा तहल्का नै मच्चाएको थियो । उनको कुल सम्पत्ति २३ विलियन डलर छ । साउदी अरेबियामा राजनैतिक सुधार तथा रोजगारी सिर्जनामा लागिपरेका कारण उनको लोकपि्रयता अहिले ह्वात्तै बढेको छ । त्यसमाथि उनले साउदी अरेबियाजस्तो मुलुक जहाँ महिलाहरू कानुनी रूपमा सवारी चालक त बन्न सक्दैनन्, त्यहाँ प्रथम महिला विमान चालकलाई विमान उडाउने अनुमति दिएर थप लोकपि्रयता पाएका छन् । तर तेल कम्पनीमा राज्यको नियन्त्रण तथा साउदी विश्वविद्यालयहरूमा अमेरिकी राजनैतिक प्रणाली अध्ययन गराउने केन्द्र स्थापना गरेका कारण उनी आलोचित पनि छन् ।

इन्गेभर कम्प्रर्ड

धनाढ्यहरूको सूचीमा छैटौं नम्बरमा पर्ने ७८ वषर्ीय कम्प्रर्ड स्वीडेनका नागरिक हुन् । ४ सन्तानका पिता कम्प्रर्डको कुल सम्पत्ति २३ विलियन डलर छ । उनको आम्दानीको मुख्य स्रोत खुद्रा व्यापार हो । मूल्य सतर्कताका कारणले आफूले काष्ठ कम्पनी रोजेको बताउने कम्प्रर्ड आ.के.ई.ए.का संस्थापक अध्यक्ष पनि हुन् । उनी धनाढ्य भए पनि यात्राका क्रममा सधैं सस्ता होटलमा बस्न रुचाउँछन् । फुर्सदका बेला उनी स्वीजरल्यान्डस्थित आफ्नो १७ हेक्टरमा फैलिएको घरमा बस्न रुचाउँछन् ।

पाउल एलेन

अमेरिकाका ५२ वषर्ीय पाउल एलेन अहिले विश्वका धनी व्यक्तिको सूचीमा सातौं स्थानमा छन् । अघिल्लो वर्ष उनी यो सूचीको पाँचौं नम्बरमा थिए । सन् १९७५ मा माइक्रोसफ्ट कम्पनीको स्थापना बिल गेट्स तथा पाउ एलेनले गरेका थिए । सन् १९८३ मा माइक्रोसप\mटको ५ विलियन डलर बराबरको सेयरसहित उनी बिल गेट्ससँग छुटिए । हाल उनको कुल सम्पत्ति २१ विलियन डलर बराबर छ ।

कार्ल अलब्रेच्ट

८५ वषर्ीय कार्ल अलबे्रच्ट धनी व्यक्तिको सूचीमा गत वर्ष तेस्रो स्थानमा भए पनि यस वर्ष आठौं स्थानमा छन् । जर्मन नागरिक कार्लको आम्दानीको स्रोत सुपर मार्केट हो । यस्तो सुपर मार्केटको प्रारम्भ उनकी आमाबाट भएको थियो । त्यसमा ग्रोसरी पसल सञ्चालन गरिएको थियो । उक्त सुपर मार्केटको सञ्चालनमा उनका दाजु थिओसमेत संलग्न थिए । व्यापार विस्तार हुँदै गएपछि उनीहरूको व्यवसाय बाँडफाँड भयो । दुई सन्तानका पिता अलब्रेच्ट गल्फ र स्याउ बगैंचा मन पराउँछन् । उनको नाममा हाल ७ हजार खुद्रा पसल सञ्चालित छन् । उनको कुल सम्पत्ति यस वर्ष घटेर १८ दशमलव ५ विलियन डलरमा झरेको छ ।

लोरेन्स इलिसन

सर्वाधिक धनी व्यक्तिको सूचीमा लोरेन्स इलिसन नवौं स्थानमा छन् । सिलिकन भ्याली, सिकागो, अमेरिकाका स्थायी बासिन्दा लरेन्स सफ्टवेयर कम्पनीका मालिक हुन । यो वर्ष उनको कुल सम्पत्ति १८ दशमलव चार विलियन डलर पुगेको छ । दुई सन्तानका पिता लरेन्स बिल गेट्सको माइक्रोसफ्टसँग प्रतिस्पर्धा गर्नका लागि यो क्ष्ाेत्रमा आएको बताउँछन् ।

यास रोब्सन वाल्टन

गत वर्ष विश्वका धनी व्यक्तिहरूको सूचीमा छैटौंदेखि दसौं स्थानसम्म अमेरिकाका खुद्रा व्यापारी वाल्टन परिवारका सदस्यहरू थिए, तर यो वर्ष उक्त सूचीमा वाल्टन परिवारका यास रोब्सन दसौं स्थानमा छन् । रोब्सन, सास वाल्टन -जसको सन् १९६२ मा खोलिएको जनरल स्टोर नै अहिले संसारमा सबैभन्दा ठूलो खुद्रा पसल हो) का ज्येष्ठ सुपुत्र हुन् । वालमार्ट अहिले संसारको सबैभन्दा ठूलो खुद्रा पसल समूह भएको छ, जसका ५ हजारभन्दा बढी खुद्रा पसल छन् । वालमार्टका अध्यक्ष ६१ वषर्ीय रोब्सनको कुल सम्पत्ति १८ दशमलव ६ मिलियन डलर छ । रोब्सनको वालमार्ट समूहले आफ्नो आम्दानीको ठूलो भाग अनुदानका रूपमा खर्च गर्छ ।

वर्ष व्यक्तित्व २००५

अमेरिकाबाट प्रकाशित हुने ‘टाइम’ पत्रिकाले सन् १९२७ देखि ‘पर्सन अफ द इयर’ भनेर एक जना व्यक्तिको नाम घोषणा गर्छ । यो क्रममा वर्ष २००५ मा विख्यात सांगीतिक समूह ‘यू टु’ का गायक बोनो, माइक्रोसफ्ट कम्पनीका बिल गेट्स तथा उनले समाजसेवाका लागि खोलेको च्यारिटी संस्था बिल एन्ड मेलिन्दा गेट्सकी मेलिन्दा टाइमको पछिल्लो आवरणमा ‘पर्सन अफ द इयर’ का रूपमा उभिएका छन् ।

(more…)

सन् २००५ का सर्वाधिक चर्चित व्यक्ति

Filed under: समाचार

जर्ज डब्लु बुस तथा डिक चेन्नी

अमेरिकी राष्ट्रपति निर्वाचनमा पुनः विजय प्राप्त गरेपछि अमेरिकी राष्ट्रपति जर्ज बुस र उपराष्ट्रपछि डिक चेनीले आफ्नो राजनैतिक कार्यक्षेत्र फराकिलो पारेका छन् । इराकी युद्धबन्दीमाथि यातना मुद्दाका कारण लोकपि्रयता गुमाए पनि सामाजिक सुरक्षा, पेन्सन योजनाजस्ता सुधारका कारण यी दुई व्यक्ति यो वर्ष चर्चामा आएका हुन् ।

कन्डोलिजा राइस

अमेरिकी विदेशमन्त्रीका रूपमा कन्डोलिजा राइस यस वर्ष अमेरिकी राष्ट्रपतिभन्दा बढी चर्चामा रहिन् । उनका विदेश भ्रमणहरूमा उनलाई एक कूटनीतिज्ञभन्दा पनि एक चलचित्र कलाकारका रूपमा बढी स्वागत गरिएको थियो । आफूलाई एक नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्न सफल राइसका प्रमुख कार्य युरोपको विवादलाई शान्त पार्नु तथा इराकलाई दिशानिर्देशन गर्नु नै हो ।

जोन म्याकन तथा ह्यारी रेइड

अमेरिकाका राष्ट्रपति जज डब्लु बुसले आफ्नो विश्वव्यापी शान्ति अभियानका लागि मध्यस्थकर्ता खोज्ने क्रममा यी दुई व्यक्ति चुनिएका हुन्, जो निकै प्रभावशाली छन् ।

पोप जोन पल द्वितीय

पोप क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु हुन् । आफ्नो विचारलाई जिताउन पोप जोन पल द्वितीयले रूढिवादीका रूपमा देखा पर्नुपर्‍यो । उनको बौद्धिक व्यक्तित्वले उनलाई एक सफल पोपका रूपमा स्थापित गर्‍यो । २७ वर्षसम्म रोमन क्याथोलिक इसाईहरूको सर्वोच्च धर्मगुरुका रूपमा काम गरेर सन् २००५ मा उनी यो संसारबाट बिदा भए ।

टोनी ब्लेयर

लगातार तीन पटकसम्म बेलायतको प्रधानमन्त्री पदमा निर्वाचित टोनी ब्लेयरले आफ्नो मुलुकलाई गहिरो अलोकपि्रय युद्धमा लगेका थिए । २०१२ को ओलम्पिक लन्डनमा आयोजना गर्ने अवसर पाएकोमा धेरैले खुसी मनाए, तर उक्त निर्णयको भोलिपल्ट लन्डनमा भएको श्रृंखलाबद्ध आतंकवादी आक्रमणले सबैलाई निराश बनायो ।

ग्लोरिया म्याक्यापागल अरोयो

निर्वाचनमा हस्तक्षेप गरेर जित्ने प्रयासको विरोध झेल्दा फिलिपिन्सकी राष्ट्रपति अरोयोका साथै उनका पति तथा छोराले निकै समस्या झेल्नुपरेको थियो । निरंकुशता लाद्ने प्रयास, अधिक गरिबी, भ्रष्टाचारजस्ता आरोप लागे पनि उनी भगवान्प्रति आस्था राखेर अघि बढिरहेकी छिन् ।

जोसेप उलिसन र भलरिया पेएमी

यी दुई जोडी अमेरिकी राजनीतिमा ठूलो चर्चाका विषय भएका छन् । सीआईएमा कार्यरत यो जोडीले सीआईपी चुहावटका बारेमा थाहा पाएपछि जोसेपले बुस प्रशासनको विरोध गरेका थिए र पेएमीले पाँचवषर्ीया जुम्ल्याहा सन्तानको रेखदेखका निम्ति सीआईए छोडेको बताएकी छन् ।

अहमदीनेजाद

अहमदीनेजाद एक नरम बोली भएका व्यक्ति हुन्, जो ३० वर्ष पुरानो गाडी चलाउँथे । तर एक्कासि उनी सरकारको विरोधमा गएर इरानको तत्कालीन सुधारवादी सरकारसम्बन्धी विवादास्पद कुरालाई चर्चामा ल्याए । चर्चामा आएको लगत्तै राष्ट्रपति निर्वाचनमा अप्रत्याशित रूपमा विजय प्राप्त गरेपछि अहमदीनेजादले इरानको आणविक कार्यक्रमलाई इजरायलविरोधी अभियानका रूपमा प्रस्तुत गरेर व्यापक चर्चा पाए ।

फू च्याङ्ग

ताइवानका युवा राजनीतिज्ञ फू अमेरिकामा भएको हिंसाप्रति चिन्तित छन् । फूले ओयल कर्पोरेसन कम्पनी बिना टेन्डर अमेरिकाले लिन खोजेकोमा कडा आलोचना गरेर व्यापक चर्चा पाए । उनी आफ्नो देशको आर्थिक वृद्धिलाई उकास्न लागिपरेका छन् ।

मिकहेली बी

अमेरिकाकी सोर्‍ह वषर्ीया महिला गल्फ खेलाडीले तीन पटकसम्म एलपीजीए इभेन्ट्समा दोस्रो स्थान हासिल गरेकी छिन् । बीले तीन चरणमा महिला गल्फमा प्रथम भएर यूएसजीए राष्ट्रिय पुरुष प्रतियोगितामा स्थान जमाएकी छिन् ।

२००५मा घटेका प्राकृतिक प्रकोप र आतंकवादका छायाँहरु

Filed under: समाचार

लन्डनमा श्रृंखलाबद्ध आक्रमण

बेलायतको राजधानी लन्डनको सार्वजनिक यातायात सञ्जालका सात ठाउँमा आतंकवादीले ७ जुलाईमा श्रृंखलाबद्ध विस्फोट गराए, जसमा कम्तीमा ३७ जनाको मृत्यु भएको थियो भने ७ सयभन्दा बढी घाइते भए । उक्त बिस्फोटन एउटा दुईतले बस र भूमिगत रेल्वे स्टेसनमा गरी छ ठाउँमा भएको थियो । पहिलो विस्फोट लिवरपुलमा भएको थियो, जसमा ७ जनाको मृत्यु भएको थियो । रसेल स्क्वायर स्टेसनमा भएको दोस्रो विस्फोटमा २१ जनाको मृत्यु भएको थियो । यसैगरी एजवेयर स्टेसनमा भएको तेस्रो विस्फोटमा ५ जनाको मृत्यु भएको थियो । उक्त घटनाको जिम्मेवारी अलकायदाले लिएको थियो । बेलायतका प्रधानमन्त्री टोनी ब्लेयरले उक्त घटनालाई बर्बर आतंकको संज्ञा दिंदै यसमा अलकायदाको हात रहेको दावी गर्नुभएको थियो ।

श्रीलंकाका विदेशमन्त्रीको हत्या

श्रीलंकाका विदेशमन्त्री लक्ष्मण कादिरगमारको १२ अगस्टमा भएको रहस्यमय हत्याले श्रीलंकामा संकटकाल लागू गर्नुपरेको थियो । कोलम्बोस्थित निजी आवासमा कडा सुरक्षाबीच पनि अज्ञात आक्रमणकारीले ७३ वषर्ीय कादिरगमारको टाउको तथा छातीमा कैयौं गोली हानेका थिए । सन् १९९३ मा तत्कालीन राष्ट्रपति रणसिङ्घे प्रेमदासाको हत्यापछि श्रीलंकामा उच्च नेताको हत्या भएको यो दोस्रो घटना थियो । उक्त हत्याकाण्डपछि श्रीलंकामा व्यापक सैनिक परिचालन गर्नुका साथै वायुसेना र नौसेनालाई सतर्क बनाइएको थियो । कादिरगमारको हत्या युद्धविरामको अवस्थामा रहेको एलटीटीईले गरेको आशंका गरिएको थियो, जसको पुष्टि अझै हुन सकेको छैन ।

अमेरिकामा क्याटि्रना

अमेरिकाजस्तो साधनसम्पन्न मुलुकमा यो वर्ष आएको समुद्री आँधीले ६५ जनाको मृत्यु भयो । १ सय ४५ माइल प्रतिघण्टाको गतिमा आएको क्याटि्रना नामक उक्त आँधीबाट लाखौं मानिस प्रभावित भए । उक्त घटनाले २० अर्ब अमेरिकी डलर बराबरको भौतिक सम्पत्ति क्षति भयो । उक्त आँधीले मेक्सिको खाडीमा रहेको तटीय राज्य लुजियाना, मिसिसिपी तथा अलाबामालाई क्षतविक्षत तुल्याएको थियो । अहिलेसम्मकै सबैभन्दा विनाशकारी उक्त आँधीले सहरवरिपरिका सम्पूर्ण क्षेत्र डुबानमा परेका थिए । उक्त आँधीले मेक्सिकोको खाडीमा कच्चा तेल उत्पादन बन्द भएको थियो ।

पोपको निधन

रोमन क्याथोलिक चर्चका धर्मगुरु पोप जोनपोल द्वितीयको २ अपि्रलमा मुटु तथा मृगौलासम्बन्धी रोगका कारण ८४ वर्षको उमेरमा निधन भयो । भेटिकनले उहाँको पार्थिव शरीर सर्वसाधारणको दर्शनका लागि सेन्ट पिटर्स चर्चमा राखेको थियो । उक्त घटनाले भेटिकनमा १५ दिनको शोक दिवस घोषणा गरिएको थियो । २७ वर्षदेखि क्याथोलिक चर्चका प्रमुख पोपको निधनको मुख्य कारण खुलासा नभए पनि उहाँ पार्किन्सन रोगबाट पीडित भएको आशंका गरिन्छ ।

इराकमा अमेरिकी सैन्य अभियान
अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभियान यसै वर्ष अक्टुबर २ मा अमेरिकी सेनाले पश्चिमी इराकमा सिरिया सीमाक्षेत्रमा परिचालन गर्‍यो । अलकायदा सम्बद्ध चरमपन्थीहरूका विरुद्धको उक्त अभियानअन्तर्गत १ हजारभन्दा बढी अमेरिकी सैनिक सहभागी थिए । दुई दिनमा सयभन्दा बढीको ज्यान जाने गरी भएका कार बम बिस्फोटपछि उक्त अभियान प्रारम्भ गरिएको थियो ।

कास्मिरमा शक्तिशाली भूकम्प

पाकिस्तान र भारत शासित कास्मिरमा ९ अक्टोबर २००५ मा शक्तिशाली भूकम्प जाँदा हजारभन्दा बढीको मृत्यु भयो । उक्त भूकम्पले अफगानिस्तानमा पनि प्रभाव पारेको थियो । ७ दशमलव ६ रेक्टर स्केलको उक्त भूकम्पका कारण पाकिस्तान अधिनस्थ कास्मिरमा मात्रै हजारौंको मृत्यु भयो । एक मिनेटसम्मको उक्त भूकम्पले सिंगो कास्मिरलाई नै आतंकित पारेको थियो । उक्त भूकम्प त्यो क्षेत्रले महसुस गरेको आजसम्मकै सबैभन्दा ठूलो भूकम्प हो । उक्त भूकम्पले पाकिस्तानको उत्तरी क्षेत्र, कास्मिर तथा अन्य भागमा ठूलो क्षति पुर्‍याएको थियो ।

इराकमा ७ सयको मृत्यु

इराकी राजधानी बगदादमा सिया समुदायको एक धार्मिक समारोहमा मोर्टार आक्रमण भएपछि भागदौड हुँदा कम्तीमा ६ सय ९५ को मृत्यु भयो । उक्त आक्रमण अक्टोबर महिनामा भएको थियो । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका थिए । करिब १० लाख सिया श्रद्धालुहरू भेला भएको धार्मिक समारोहमा एकाएक भएको चार मोर्टार आक्रमणमा परी तत्काल १६ जनाको मृत्यु हुनुका साथै ३६ जना घाइते भएका थिए । उक्त घटनाको लगत्तै आत्मघाती आक्रमणहरू हुने हल्ला फैलिएका कारण भीडमा भागाभाग मच्चिँदा अन्य नागरिकहरूको मृत्यु भएको थियो ।

भारत र पाकिस्तानबीच बससेवा

भारत र पाकिस्तानका यात्रुहरूले कास्मिर बससेवाद्वारा भारत विभाजनपछि पहिलो पटक दुई मुलुकलाई छुट्याउने नियन्त्रणरेखा गत अपि्रलमा पार गरे । भारतशासित कास्मिरको श्रीनगर तथा पाकिस्तान शासिन कास्मिरको मुजफ्फरावादबीच उक्त ऐतिहासिक बससेवा प्रारम्भ गरिएको थियो । उक्त घटनालाई दुवै मुलुकका प्रधानमन्त्रीले शान्तिको क्याराभानको संज्ञा दिए । यो बससेवा प्रारम्भ हुँदा विद्रोही छापामारले श्रीनगरदेखि २७ किलोमिटर दूरीमा पर्ने ठानकोटमा बसमाथि गि्रनेड आक्रमण गरे । उक्त आक्रमणमा १ सुरक्षाकर्मीसहित ४ घाइते भएका थिए ।

दुई करोड प्रभावित

२००५ जुलाईमा भारतको गुजरातमा परेको अविरल वषर्ा र बाढीले करिब २ करोड व्यक्ति प्रभावित भए । उक्त बाढीमा परी मृत्यु हुनेहरूको संख्या ७० पुगेको थियो । बाढीले भौतिक संरचनाहरू क्षतिग्रस्त हुँदा भारतको अन्य भागसँग गुजरातको सम्पर्क-विच्छेद भएको थियो । त्यो वषर्ा अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा ठूलो वषर्ा थियो । पश्चिमी गुजरातमा बाढीमा रेल डुब्दा घाँटी-घाँटीसम्म आउने पानीमा फसेका ३ सय ५४ यात्रुलाई दुई दिनपछि सुरक्षाकर्मीहरूले उद्धार गरेका थिए ।

लादेनकी भतिजी मोडलिङमा

अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदाका प्रमुख नाइके ओसामा बिन लादेनकी भतिजी वफा डुफौरको तस्बिर २००६ को वफा पत्रिकामा प्रकाशित भएपछि उक्त तस्बिरले विश्वव्यापी रूपमा चर्चा पायो । एक संगीतकारको मान्यता पाउने प्रयासमा रहेकी वफा पहिले वफा बिन लादेनको नामले परिचित थिइन् । अमेरिकामा वर्ष २००१ को सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणपछि उनले आफ्नो नाममा आमाको नाम डुफौर प्रयोग गर्न थालेकी छिन् । पत्रिकामा प्रकाशित हुने लेखमा वफाले भनेकी छिन्— ‘मैले काका ओसामा बिन लादेनलाई कहिल्यै भेटेकी छैन, तर प्रत्येक मानिसले मलाई काकासँगै जोडेर हेर्ने गरेका छन्, मलाई उहाँसँग कुनै लिनुदिनु छैन ।’

२००५मा सूचना-प्रविधिको उपलब्धिहरू

Filed under: समाचार

सन् २००५ मा सूचना प्रविधिमा उल्लेखनीय परिवर्तनहरू देखिएका छन् । सूचना प्रविधिको विकास एवं विस्तारसँगै विश्व अहिले एउटा गाउँमा परिवर्तन भएको छ । विश्वको कुनै स्थानबाट पठाइएका समाचार हुन वा अन्य गतिविधि तत्कालै त्यसलाई विश्वभर प्रवाह गर्न सूचना प्रविधिले महत्त्वपूर्ण भूमिका खेलेको छ ।

सानो आकारको सिपियु

प्रविधिको विकाससँगै इलेक्ट्रोनिक्स सामानको आकार पनि घट्दै गएको छ । प्रारम्भिक चरणमा ठूला आकारमा आएका सामग्रीहरू पछिल्लो अवधिमा सानो स्वरूपमा पाइनु यसको ज्वलन्त उदाहरण हो । आकारमा सानो भए पनि यस्ता उपकरणहरू उपयोगका हिसाबले निकै प्रभावकारी हुने गरेका छन् । कम्प्युटरको आकार पनि दिन-प्रतिदिन सानो बन्दै गएको छ । डिजिटल संसारको उपलब्धिका रूपमा वर्षको प्रारम्भमा आएको ‘म्याक मिनी’ को सिपियुको बनावट हेर्नेबित्तिकै प्रविधि विकासमा प्राप्त उपलब्धि स्पष्ट हुन्छ । एप्पल कम्पनीका इन्जिनियरहरूद्वारा डिजाइन गरिएको यो सिपियु ६ दशमलव ५ इन्च फराकिलो तथा २ इन्च अग्लो छ । मूल्य ४ सय ९९ अमेरिकी डलर तोकिएको म्याक मिनी सानो भए पनि यसलाई अन्य मनिटर, किबोर्ड तथा माउसको साथमा प्रयोग गर्न सकिन्छ । म्याक मिनीमा आइपोडको सहायताले संगीत पनि सुन्न सकिन्छ । तस्बिर व्यवस्थापन तथा सम्पादनमा सफ्टवेयरको सहायताले काम गर्न सकिन्छ । यसमा विद्युतीय गितार वा किबोर्डलाई प्लगसँग जोडेर संगीत सिर्जना गर्न सकिन्छ भने आइलाइफको प्रयोगले अचम्मको डिजिटल संसारमा पुगिन्छ । इन्टरनेटको पनि सुविधा रहने यो कम्प्युटरमा भएका सफ्टवेयर, एड्रेस बुक, फ्याक्स आदिलाई सेलफोन तथा आइपोडमा समेत सार्न सकिन्छ ।

उत्कृष्ट ग्याजेट ल्यापटप

अमेरिकी पत्रिका मोबाइल पिसिले एप्पल पावरबुक १०० लाई सबैभन्दा उत्कृष्ट ग्याजेट ल्यापटपका रूपमा छनौट गरेको छ । पत्रिकाले अहिलेसम्मकै १ सय ग्याजेटको नाम सार्वजनिक गर्ने क्रममा एप्पलको ल्यापटप सर्वोत्कृष्ट ठहरिएको थियो । सन् १९९१ मा निर्मित यो मोडलको ल्यापटप एक स्थानबाट अर्को स्थानमा लान हलुका तथा आकर्षक छ । यसका अतिरिक्त भविष्यका पिसिहरूको लेआउट निर्धारण गर्न यसले मद्दत गर्ने दाबी यसका उत्पादकहरूको छ । मोबाइल पिसिले सार्वजनिक गरेका अन्य दस ग्याजेटमा जेनिथ स्पेस कमान्ड रिमोट कन्ट्रोल, सोनी वाकमेन, मोटोरोला स्टारटक, सिडिआइ मेकानिकल माउस, क्यासिओ क्युभी-१० डिजिटल क्यामेरा, युएस रोबोटिक्स पाइलट, डायमन्ड मल्टिमिडिया रियो, अटारी ७६०० तथा टिभो सिरिज वान छन् ।

म्याकिन्तोस सर्जकको निधन

म्याकिन्तोस कम्प्युटर बनाउने समूहका संयोजक जेफ रस्किनको यसै वर्ष प|mेब्रुअरी २६ मा निधन भयो । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका ६१ वषर्ीय रस्किन क्यान्सरबाट पीडित थिए । रस्किन प्राध्यापन, गणितज्ञ, अर्केस्ट्रा सोलोइस्ट, साइकल रेसर, हवाईजहाज डिजाइनर, कम्प्युटरजस्ता विधामा निपुण थिए । एप्पल कम्पनीका लागि रस्किनले कम्प्युटरका थुप्रै डिजाइन गरेका थिए । जसमध्ये म्याकिन्तोस सफल भयो । म्याकिन्टोसको सफलतासँगै रस्किन कम्प्युटर जगतमा विशिष्ट पहिचान बनाउन सफल भए । सन् १९८४ मा सार्वजनिक भएको म्याकमा ग्राफिकल डिजाइन तथा क्लिक गर्दा चल्ने माउस प्रविधि विकास गरिएको थियो । एप्पल कम्पनीको प्रशासन विभागबाट सेवा प्रारम्भ गर्ने रस्किनले सन् १९७९ मा कम्प्युटरसम्बन्धी एक कामको जिम्मेवारी पाएका थिए । त्यसपछि एप्पलले सार्वजनिक गर्ने आकर्षक मोडलका कम्प्युटर निर्माणमा रस्किनको महत्त्वपूर्ण भूमिका रह्यो ।

रस्किनको नेतृत्वमा म्याकिन्तोस कम्प्युटरले सूचना प्रविधिको क्षेत्रमा उपल्लो स्तरको उपलब्धि प्राप्त गरेको थियो । कम्प्युटर मेसिन सस्तो हुनुपर्ने, व्यावसायिकभन्दा सामान्य उपभोक्ताप्रति केन्दि्रत हुनुपर्ने मान्यता रस्किनको थियो । ग्राफिकल इन्टरफेस, आइकन डकुमेन्ट, डबल क्लिकिङ माउस, ३ दशमलव ५ इञ्चको फ्लपी डिस्क आदि रस्किनका मौलिक सिर्जना हुन् ।

सोनी पिएसपी उत्कृष्ट

स्टफ म्यागजिनले सार्वजनिक गरेअनुसार यो वर्ष सोनी कम्पनीको प्लेस्टेसन पोर्टेबल -पिएसपी) २००५ ले सर्वोत्कृष्ट ग्याजेटका रूपमा बेलायती बजार ओगट्न सफलता प्राप्त गरेको छ । म्यागजिनले गरेको टपटेनको सूचीमा यसले प्रथम स्थान पाएको थियो । यसरी उत्कृष्ट ठहरिएका अन्य ९ ग्याजेटमा आइपड फोटो ६० जिबी, सार्प ९०२ थि्रजी मोबाइल फोन, पेन्ट्याक्स अप्टिओ एसभि डिजिटल क्यामेरा, सोनी भिएआइको भिजिएन-टिटु ल्यापटप, सामसुङ येप वाइएच-९९९, फिलिप्स होम सिनेमा, पेन्टाक्स अप्टिओ एमएक्स ४ टेपलेस कामकोर्डर, ब्लापडक्ट सिकागो आइभिडिएम-७००२ सेटलाइट न्याभिगेसन, बिटि एभिएटर १० एम डिएबी रेडियो छन् । म्यागजिनका अनुसार यी ग्याजेटहरू उपभोक्ताको सर्वसुलभतालाई ध्यानमा राख्दै बजारको मागको आधारमा छनौट गरिएको हो ।

मोबाइल भाइरस

मोबाइल प्रयोगकर्ताहरूले पनि यो वर्ष भाइरसको सामना गर्नुपर्‍यो । मोबाइल फोनमा तस्बिर तथा आवाजसहितका मल्टिमिडिया सन्देशमार्फत् सफ्टवेयर भाइरस विस्तार भैरहेको सिमान्टेक सेक्युरिटी र्फमले जानकारी दिएको थियो । कमआरिओर डट् ए नामको भाइरसले मोबाइल फोनमा भएका सम्र्पक सूचीहरूमा मल्टिमिडिया म्यासेज पठाउने गरेको छ । यसले ब्याट्रीको आयु घटाउने सिमान्टेकले बताएको छ । तर यो भाइरस मोबाइलमा मात्र सीमित हुने तथा यो इन्टरनेटमार्फत् द्रुत गतिमा विस्तार हुन नसक्ने दाबी उक्त कम्पनीको छ । प्रयोगकर्ताले यस्ता म्यासेजलाई चिनेर डाउनलोड नगरे अथवा म्यासेजमा क्लिक नगरे मोबाइलमा यसको प्रवेश हुन सक्दैन ।

चोरीका सफ्टवेयरको प्रयोग

चोरीका माध्यमबाट लिइएका सफ्टवेयरको प्रयोग कानुनी दृष्टिकोणले अपराध मानिन्छ । तर चोरीको सफ्टवेयर चलाउनेहरूको संख्या अत्यधिक भएकाले डराइहाल्नुपर्दैन । बिजनेस सफ्टवेयर अलाइन्सले गरेको सर्वेक्षणअनुसार पछिल्ला वर्षहरूमा इन्स्टल गरिएका अधिकांश सफ्टवेयर चोरीको माध्यमबाट प्राप्त भएका हुन् । अनधिकृत रूपमा सफ्टवेयरको कारोबारका कारण आइटी उद्योगलाई सन् २००३ मा २९ अर्ब डलरको घाटा भएको थियो । यसैगरी सन् २००४ मा ३३ अर्ब डलर नोक्सान भएको छ । सन् २००५ मा यो रकम अझ बढ्ने अनुमान कम्पनीले गरेको छ । सन् २००४ मा ९० अर्ब डलरको सफ्टवेयर इन्स्टल गरिएको थियो भने सन् २००३ मा ८० अर्ब डलरको सफ्टवेयर इन्स्टल गरिएको थियो । सर्वेक्षणअनुसार भियतनाम, युक्रेन, चीन तथा जिम्बावे चोरीका सफ्टवेयर बढी प्रयोग हुने राष्ट्रमा पर्छन् । यी राष्ट्रमा इन्स्टल गरिने कुल सफ्टवेयरको ९० प्रतिशतभन्दा बढी पाइरेटेड अर्थात् चोरीका छन् ।

सिएनएनको प्रतिवेदन

चर्चित अमेरिकी टेलिभिजन सिएनएनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विकास भएका २५ वटा प्रविधि यसै वर्ष सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै टेलिभिजनले भनेको छ- यी प्रविधिबिना मानिसको जीवन अपूरो हुनेछ । ती २५ प्रविधिमध्ये इन्टरनेट सबैभन्दा मुख्य उपलब्धि भएको प्रतिवेदनले बताएको छ । व्यापारदेखि लिएर ज्ञानको खेतीका लागि पनि इन्टरनेट सशक्त माध्यम हो । अहिलेको ठूलो विश्वलाई सानो बनाउने प्रविधि इन्टरनेट नै हो । सिएनएन प्रतिवेदनअनुसार ८० को दशक पछि विकास गरिएका प्रविधिहरूले सूचना तथा सञ्चारको क्षेत्रमा नयाँ परिवर्तन ल्याएका छन् । यस्ता प्रविधिहरूमा इन्टरनेट, सेलफोन, व्यक्तिगत कम्प्युटर, अप्टिकल फाइबर, इमेल, कमर्सलाइज्ड जिपिएस, पोर्टेबल कम्प्युटर, मेमोरी स्टोरेज डिस्क, डिजिटल क्यामेरा, रेडियो पि|mक्वेन्सी आइडी ट्रयाग्स, एमइएमएस -मेम्स), डिएनए फिंगर पि्रन्टिङ, एयरब्याग, एथ्यिम, एडभान्स्ड ब्याट्री, हाइबि्रड कार, ओएलइडिएस, डिस्प्ले प्यानल्स, एचडि टिभी, स्पेस सटल, नेनो टेक्नोलोजी, फ्याक्स मेमोरी, भ्वाइस मेल, मोडर्न हियरिङ एड्स तथा हाई पि|mक्वेन्सी रेडियो छन् ।

माइक्रोसफ्टलाई चुनौती

यो वर्ष १८ वर्षर्ीय एक युवकले माइक्रोसफ्टलाई चुनौती दिएका छन् । विश्वभरका ९५ प्रतिशत कम्प्युटर प्रयोगकर्ताको मन जित्न सफल माइक्रोसफ्टका निम्ति अन्य आइटी कम्पनी बाधक नभएर यी युवा कसरी चुनौती बन्न पुगे भन्ने विषयमा एउटा रोचक कथा पनि यसै वर्ष सार्वजनिक भयो । अमेरिकाका वेकुबर हाइस्कुलका यी छात्र माइक रोले माइक-रो-सफ्ट डट् कम नामक वेबसाइट प्रारम्भ गरेपछि माइक्रोसफ्ट कम्पनीले वकिलहरू लगाएर उनलाई २५ पेज लामो कानुनी सूचना पठायो । माइक्रोसफ्टले भनेको छ- माइकले वेबसाइटमार्फत् उसको ट्रेडमार्क प्रयोग गर्ने प्रयास गरेका छन् । कम्पनीका मालिक बिल गेट्सले माइकलाई उक्त वेबसाइट छोड्न १० डलर दिने घोषणा गरे । जुन रकमले अर्को डोमेन नेम लिन सकिन्छ तर जवाफमा युवकले १० हजार डलर माग गरे । यो रकम उनले पाए-नपाएको कुरा गोप्य नै रहे पनि उनको वेबसाइट यति धेरै चर्चामा आयो कि १२ घन्टामा १ लाख ५० हजार मानिसले उक्त वेबसाइट भिजिट गरेका थिए । यो कुराले चाहिनेभन्दा वढी चर्चा पाएपछि अन्ततः कम्पनीले उक्त घटनाबाट लज्जित हुनु परेको बतायो ।

आइबिएमको नयाँ माउस

आइबिएमका अनुसन्धानकर्ताहरूले यसै वर्ष नयाँ प्रकारको माउस विकास गरे । माउसलाई हातले समाउँदा कम्पनका कारण यताउता सर्ने तथा कर्सर हल्लने जस्ता समस्यालाई यो माउसले निराकरण गर्ने छ । यो माउसले जुनसुकै पिसि तथा अपरेटिङ सिस्टममा काम गर्नेछ । कम्पनीका अनुसार क्यामेरा प्रयोग गर्दा झैं आकृतिलाई स्थिर गर्ने प्रणाली जस्तै नयाँ माउसले काम गर्नेछ । माउसको प्रयोगका कारण हात काम्ने समस्याले पीडित प्रयोगकर्तालाई ध्यानमा राखेर यो प्रविधिको विकास गरिएको कम्पनीको दाबी छ । यसले प्रयोगकर्ताले निर्देशित गरे अनुसार काम गर्न सक्ने बताइन्छ ।

अनावश्यक मेल नियन्त्रणका लागि एन्टिस्पाम

इमेल प्रयोगकर्ताले अनावश्यक इमेलका कारण हैरानी खेप्नुपरेको छ । यस्ता मेलहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने समस्याले प्रयोगकर्तालाई मात्र होइन सफ्टवेयर कम्पनीहरूलाई पनि सोच्न बाध्य बनाएको छ । अनावश्यक मेलबाट बच्न आइबिएम कम्पनीले नयाँ सेवा प्रारम्भ गरेको छ । यो सेवाले अनावश्यक मेललाई जहाँबाट आएको हो त्यहीं फर्काउने काम गर्छ । आइबिएम रिसर्चको फेरयुसिइ नामक यो प्रविधिमा डाटाबेस प्रणालीको प्रयोग गरिएको छ । जसले स्पाम मेल पठाउने कम्प्युटरलाई पहिचान गर्न सक्षम हुन्छ । फेरयुसिइले त्यस्तो मेललाई पठाउनेको इमेल एकाउन्टमा मात्र होइन जुन कम्प्युटरबाट पठाएको हो, त्यहीं फिर्ता पठाउँछ । आइबिएमका सुरक्षा निर्देशक स्टुआर्ट म्याकइर्भिनका अनुसार जुनसुकै बेला इमेलमार्फत् सूचना प्रविधि प्रणालीलाई नै ध्वस्त पार्ने स्पामर तथा ह्याकरहरूको प्रयासलाई विफल बनाउन यसले सहयोग गर्नेछ ।

गुगलविरुद्ध माइक्रोसफ्ट सर्च इन्जिन

इन्टरनेट सर्चिङमा एकाधिकार राख्ने गुगलसँग प्रतिस्पर्धा गर्न माइक्रोसफटले तथ्यपरक तथा शक्तिशाली सर्च इन्जिनको घोषणा यसै वर्ष गर्‍यो । प्रयोगकर्ताले खोजेको कुरा तत्कालै पाउन सकुन् भनेर सर्च इन्जिनलाई अपडेट गर्ने काम गरिएको माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सले बताएका छन् । यसका लागि एमएसएन डट् कमले लाखौं प्रश्नको उत्तर एकछिनमंै दिनेछ । यसमा वेब पेज, तस्बिर, समाचार, संगीत आदि शीर्षकमा खोज गर्न सकिनेछ । एमएसएन सर्च इन्जिन १० भाषामा उपलब्ध छ । एमएसएनलाई समय सुहाउँदो रूपमा अपडेट गर्दै लाने कम्पनीले बताएको छ ।

निःशुल्क इमेल सुविधा

इमेल सेवा प्रदायक संस्थाहरूले यो वर्ष प्रयोगकर्ताहरूलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले एक जिबी निःशुल्क स्टोरेज उपलब्ध गराएका छन् । प्रतिस्पर्धा बढ्दै गएपछि पहिलो पटक गुगलले बढी स्टोरेज क्षमताको निःशुल्क मेल सेवा उपलब्ध गराएको थियो । गुगलले केही एमबी मात्र स्टोरेज क्षमता भएका याहु तथा एमएसएन हटमेललाई उछिन्दै १ जिबी निःशुल्क स्टोरेजको व्यवस्था गर्‍यो । त्यसपछि गुगलको जिमेल एकाउन्ट खोल्नेको संख्या पनि दु्रत गतिमा बढ्यो । यो सुविधा उपलब्ध भएपछि अन्य कम्पनीले पनि स्टोरेज क्षमता बढाउनुपर्ने आवश्यकता महसुस गरे । याहुले २ सय ५० एमबी भएको आफ्नो क्षमतालाई १ जिबीमा पुर्‍याइसकेको छ भने हटमेलले पनि थप क्षमता विस्तार गर्दै जाने लक्ष्य राखेको छ । उसले २ सय ५० एमबी स्टोरेज गर्ने बताएको भए पनि सबै प्रयोगकर्ताले यो सुविधा पाउन सकेका छैनन् । याहुले सशुल्क याहु मेल लिनेलाई २ जिबीको सुविधा दिएको छ ।

मोबाइलमा चलचित्र

चीनका टेलिभिजन कार्यक्रम निर्माताहरूले मोबाइलका ग्राहकहरूका लागि टेलिचलचित्र निर्माण गर्ने घोषणा यसै वर्ष गरे । मोबाइल फोनका लागि बनाइने यस्ता चलचित्र ५ मिनेटको हुने निर्माता कम्पनी बेइजिङ लेसी मिडिया ग्रुपले जनाएको छ । यो वर्ष चीनमा मोबाइल प्रयोगकर्ताको संख्या ४० करोड नाघ्नेछ । त्यसैले पनि यस्ता कार्यक्रमले लोकपि्रयता पाउन सक्छन् । टेलिचलचित्रका अतिरिक्त राशिफल, जलवायु, खेलकुद तथा उपन्याससमेत मोबाइलमा उपलब्ध हुनेछ । कम्पनीले मोबाइल चलचित्रको मूल्य पनि तोकेको छ ।

जनावरले मोबाइल बोके

दक्षिण अपि|mकाको केपटाउन समुद्री किनारका डल्पिmनहरूलाई मोबाइल सन्देश ग्रहण गर्न सक्ने चिप यसै वर्ष उपलब्ध गराइयो । डल्पिmनले आफ्नो शरिरमा जडान गरिएको मोबाईल सेल चीप मार्फत ध्वनि सन्देश ग्रहण गर्न तथा फर्काउन सक्नेछन् । यसले वैज्ञानिकहरूलाई समुद्री जीवको गतिविधि, सामुद्रीक गतिविधि, मौसम आदि विषयमा जानकारी प्रदान गर्नेछ । डल्पिmनलाई मानव सहयोगी जीवका रूपमा चिनिन्छ । वैज्ञानिकहरूले दक्षिण अपि|mकाका हात्ती, जेब्रा आदि जनावरमा पनि मोबाइलको एसआइएम कार्ड जडान गरेका छन् । यसले उनीहरूका हरेक गतिविधिको जानकारी प्राप्त हुने विज्ञहरूले बताएका छन् ।

इन्टरनेटमा भिडियो सर्च

गुगलले आफ्नो सर्च इन्जिनलाई विस्तार गर्ने क्रममा भिडियो सर्चको पनि विकास गरेको छ । गत अपि्रलदेखि प्रयोगकर्ताले यो सेवा प्रयोग गर्न पाएका छन् । इन्टरनेटको क्षेत्रमा सबैभन्दा उल्लेखनीय उपलब्धि मानिएको यो सेवामा युजरले ढुक्कसँग गुणस्तरीय भिडियो हेर्न सक्छन् । गुगलको सर्भरमा संकलन भएका विभिन्न किसिमका भिडियो आफ्नो रुचि एवं आवश्यकताअनुसार हेर्न, भिडियोमा टेलिभिजन क्लिप्स हेर्न सकिने यो प्रविधि लोकपि्रय हुने विश्वास लिइएको छ । यसैगरी याहु डट् कममा पनि भिडियो क्लिप्स हेर्न सकिन्छ । यसका लागि एबिसि न्युज तथा सिएनएन डट कमले याहुलाई भिडियो न्युज उपलब्ध गराउने भएका छन् ।

एक्स्पीपछि अब लङहर्नको पालो

माइक्रोसफ्टले एक्स्पीपछि अर्को विन्डोज अपरेटिङ सिस्टमको विकास गरेको छ । लङहर्न नाम दिइएको यो अपरेटिङ सिस्टमको पूर्ण संस्करण सन् २००६ को डिसेम्बरसम्ममा बजारमा आउनेछ । यो सिस्टम हालसम्मको सबैभन्दा पछिल्लो अपडेटेड सिस्टम हुने छ । नयाँ डेक्सटप डिजाइन, सूचना व्यवस्थित गर्ने थुप्रै दृश्य शैली तथा तीव्र गतिको सर्चिङ यसका विशेषता हुन् । यसबाहेक यो अपरेटिङ सिस्टममा बढी सुरक्षा एवं गहकिलो ग्राफिक्स प्रविधि रहनेछ ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

web site visitor counter
Zales Jewelry