नवलपरासीको सुनौल भिडन्तमा१७ सुरक्षाकर्मी र ४ माओवादीको मृत्यु, एक र्सबसाधारणको को स्थिती चिन्ता जनक, दुइ र्सबसाधारण को मृत्यु ...... धनकुट्टामा भीषण हमला पन्ध्र सैनिकसहित २८ सुरक्षाकर्मी बेपत्ता, दुवैतर्फठूलो हताहतीको आशंका.......नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार, माघ १९ ले नेपाली जनतालाई दिएको उपहार ..... अमेरिकामा जीवन साथी पाएर सारङ्गा मख्ख छन .........साहित्यिक कार्यक्रममा सरकारको ठाडो हस्तकक्षेप, ५ साहित्यकार पक्राउ ..........मनीलाको अल्ट्रा स्टेडियममा भएको भागदैडमा मर्नेको सख्या ८८ ............नशा जाँडको आहुँती प्राणको ............... अलसलाम-९८ जहाजको दुर्घटना स्थल, लालसागरमा १३००को मृत्यु १००को सकुशल उद्धार..............असुरक्षीत आकाश...... विक्रि नेपालीको दोष कस्को ?.......कतै टेवलमुनिको सट्टाबजार फस्टाएको त छैन .........जुवाडेको अलाप........"नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास" .......साथीहरुलाई कामना छ प्रगतीको........३६० हज यात्रीको मक्कामा निधन...........क्रिकेट एक जुनुन..... भारत बिरुद्ध पाकिस्तान क्रिकेट एक महायुद्ध.......सन्देश प्रवासीलाई..........होटल भत्किँदा दर्जनौं हजयात्रीको मृत्यु.......साउदीमा फस्टाएको रक्सि.......भावना फाटेका छन मेरा सबै आङ ढाक्ने बस्त्रहरु.......नेता सदन छाडि भागेका..... राजनीति भाषण र आश्वासनका पोका ........... जनता अतिथी देवो भव ........../FONT>

दामुको ब्लग

December 5, 2005

आफ्नै हात जगन्नाथ

Filed under: समाचार


गरिब देशका धनी राजा !
प्रजातन्त्र पर्ुनस्थापनाको १२ वर्षा भ्रष्टाचार मनपरितन्त्रका कारण राष्ट्रले ठूलो व्यायभार बेहोरेको आरोप लगाउने पक्षलाई नेपालका राजाबाट वाषिर्क कति खर्च हुन्छ भन्ने अनुमाननै छैन होला । विगतमा संसदले राजदरवारको खर्च पारित गर्ने हुँदा हरेक सरकारले आफ्नो बजेटमा राजदरवारको खर्च व्यवस्थालाई सन्तुलित बनाउने प्रयत्न गर्ने गर्दथे । तर २०५९ जेठ ८ गते प्रतिनिधि सभा विघटन भइसकेपछि अध्यादेश मार्फ राज्य संचालित भइरहेको अवस्थामा राजाबाटै जारी अध्यादेशले राजदरवारको खर्च निर्धारण गर्दै आएको छ ।
राजदरवारको खर्च अत्याधिक भएको तिखो आलोचना भइरहे पनि राजदरवारले मितव्ययिताको संकेत देखाएको छैन । राजदरवारको खर्च वृद्ध्रि्रति व्यापकरुपमा जनदबाब परेपछि मौसुफद्धारा मनोनित अर्थमन्त्रीले चालु आर्थिक वर्षा २८ करोड ९९ लाख २५ हजार रुपैया घटाएर बजेट बिनियोजन गरेका थिए । विश्वको दोश्रो गरिब मुलुक नेपालका राजाका निम्ती करिब २९ करोड रुपैया छुट्टाइए पनि सो बजेट विश्वका महाधनाढ्य मुलुकका राष्ट्रप्रमुखको भन्दा कयौ गुणा बढी रहेको तथ्याकंले देखाएको छ । २०६१ जेठमा प्रकाशित ‘नव युवा’ को तथ्यांकलाई आधार मान्दा विश्वको सबैभन्दा खर्चिलो राजसंस्थाकारुपमा नेपालका राजालाई प्रस्तुत गरिएको छ ।
उक्त तथ्याकं अनुसार राजपरिवारका निम्ती छुट्टाइने वाषिर्क रकम भन्दा विश्वको महाधनी देश अमेरिकाको राष्ट्रपतिको वाषिर्क आम्दानी १० गुणा बढी रहेको छ । अमेरिकी राष्ट्रपतिले १ करोड १५ लाख २० हजार अर्थात आम्दानीको ४० प्रतिशत कर तिर्नुपर्छ तर नेपालमा राजपरिवारबाट कर तिर्नु पर्दैन । एक तथ्याकंअनुसार अमेरिकी राष्ट्रपतिको तलब ३२ वर्षछि चारवर्षअघिमात्र बढेको हो ।
उता, धनीराष्ट्रहरू मध्येकै एक जापानी सम्राटको भन्दा नेपालका राजाको पारिश्रमिक डेढ गुणा बढी छ । उनले २२ करोड २३ लाख ५२ हजार ८ सय ३० रुपैया वाषिर्क पाउँछन । १ डलर बराबर ७२ रुपैया सटही दरका आधारमा गणना गरिएअनुसार नेदरल्याण्डकी महारानीको भन्दा पनि डेढ गुणा बढी नेपालका राजाको आम्दानी छ । त्यस्तै रुसी राष्ट्रपतिको भन्दा १ सय ७३ गुणा बढि प|mान्सेली राष्ट्रपतिको भन्दा ५७ गुणा बढी भारतीय राष्ट्रपतिको भन्दा ३ सय १८ गुणा बढी, पाकिस्तानी राष्ट्रपतिको भन्दा ३ सय १ गुणा बढी बेलायती प्रधानमन्त्रीको भन्दा १५ गुणाबढी र सबैभन्दा बढी चिनियाँ राष्ट्रपतिको रहेको छ । चिनिया राष्ट्रपतिको भन्दा राजाको तलव २ हजार ४ सय २६ गुणा बढी रहेको छ । उनले वाषिर्क जम्मा १ लाख ३५ हजार ६ सय ४८ रुपैया मात्र तलब लिने गर्दछन । चीनका नागरिकको सरदर आम्दानी भन्दा दोब्बर राष्ट्रपतिको तलब रहेको छ । राजसंस्थाको आदर्शका रुपमा मानिने बेलायती महारानीले राज्यकोषबाट कुनैपनि तलब सुविधा लिन्नन् ।
प्रजातन्त्रको पर्ुनस्थापना पछिका तीनवटा संसदीय निर्वाचनबाट निर्वाचित ८ सय सांसदले आफ्नो कार्यकालभरिको तलब जोड्दा १० वर्षा ४९ करोड ३६ लाख ९५ हजार लिएको देखिन्छ तर, राजा ज्ञानेन्द्रले आफ्नो तीनवर्षो शासनकालमा संसदको तलब भन्दा ५७ करोड ८० लाख रुपैया बढि लिएको देखिन्छ । नेपालको प्रतिव्यक्ति आम्दानी वाषिर्क १६ हजार ५ सय ६० रुपैया छ तर राजाले १९ हजार गुणा बढी अर्थात ३२ करोड ९१ लाख ७५ हजार आम्दानी गर्दछन् । पञ्चायतकालमा र्सवसाधारणले विवाह व्रतबन्धनजस्ता उपलक्ष्यमा भोजभतेर गर्दा सम्पर्ूण्ा खर्च १ लाख भन्दा बढी गर्न नपाइने व्यवस्था थियो तर, राजाकी एकमात्र सुपुत्रीको विवाहमा ५ करोड राज्यकोष तथा निजी गरि १० करोड भन्दा बढी खर्च भएको अनुमान छ ।
राज्यकोषबाट भत्ता खाने २३ सदस्यीय राजपरिवारले राज्यकोषबाट प्रजातन्त्र पर्ुनस्थापनापछि जम्मा ७७ करोड ७२ लाख तलब खाएका थिए । तर २०५८ जेठ १९ मा राजा वीरेन्द्रको वंश नाश हुनेगरी भएको अकल्पनीय दर्ुघटनामा परी शाही परिवारको संख्या १६ जनामा झरेको भएपनि भत्तावाल राजपरिवारलाई तीनवर्षा अघिल्लो १२ वर्षो जम्मा तलब भन्दा २८ करोड ७३ लाख बढी खर्च भएको छ । २००७ सालमा बाध्यात्मक परिस्थितिमा राजा भएका ज्ञानेन्द्रको वाषिर्क ३ लाख तलब राणाहरूले तोकेकोमा ५२ वर्षछि फेरि दोश्रो पटक राजा हुदाँ ६१ करोड तलब बुझेर श्री ५ बाट एउटा रोचक इतिहास कायम गरिबक्सेको छ ।
तारानाथ रानाभाट, विजय गच्छादारलगायत केही सांसदले औषधी उपचारको व्यापक दुरुपयोग गरी सांसदको बद्नामी गर्दा पनि जम्मा ७ करोड उपचार खर्च संसद सचिवालयले बेहेारेको छ । तर, राजाकी एक्ली छोरीको उपचारका क्रममा मात्रै ९ करोड राज्य कोषले बेहोरेको छ । राजदरबारको नियमित प्रशासनिक लगायतका सरकारी खर्च बाहेकका राजाको विलासिताका सामानहरूको खरिद, युवराजधिराजको भारत भ्रमण, छोरीको उपचार, विवाह, नातीको न्वारान, पास्नीआदि गरी श्री ५ ज्ञानेन्द्रबाट राज्यरोहण गरिबक्सेको तीनवर्षा १ अरब ५१ करोड ४१ लाख ७५ हजार राज्यकोषबाट निकासा भएको छ ।
माघ १९ मा शासनसत्ता आफ्नो हातमा लिएपछि तेश्रो पटक विदेश भ्रमणमा रहिबक्सेका श्री ५ को एउटा विदेश भ्रमणमा हुने खर्च मन्त्रिपरिषद् र प्रधानमन्त्रीको कार्यालयको वाषिर्क खर्च बराबर हुने गर्दछ । तथ्याकंअनुसार श्री ५ बाट १३ औं र्सार्क शिखर सम्मेलनमा सहभागी भई ट्यूनिसिया, इजिप्ट, बुरुण्डीलगायतका मुलुकको तीन साता लामो विदेश भ्रमणका लागि करिब २० करोड रकम निकासा भएपछि राजाको भ्रमण कती महंगो भन्ने स्पष्ट देखिएको छ । त्यत्रो खर्चले कति सरकारी कार्यालय चल्न सक्छन् - जस्तो कि नेपालको एक मात्र बाल अस्पताल कान्ति, सबैभन्दा ठूलो र पुरानो बिर, शिक्षणलगायतका अस्पतालमा आर्थिक अभावका कारण कतिपय परिक्षण मेसिन ब्रि्रेर थन्काइएको अवस्था छ भने त्यहाँका चिकित्सक र कर्मचारीसमेतले वषर्ाैदेखि तलब भत्ता नपाएको अवस्था छ । तीन साता लामो शाही भ्रमणमा शानेवानीको जहाजले ३० हजार किमी भन्दा बढी दुरी पार गर्दछ, त्यस अवधिमा २ लाख १५ हजार डलर बराबरको हवाई इन्धन खर्च हुन्छ । लामो समयसम्म शानेवानिको विमान थकिंदा १० सेक्टरका कुल उडानको ३० प्रतिशत उडान रद्ध गर्दा हुने करौडौ खर्च त छदैछ । राजाको भ्रमण अवधिमा विभिन्न मुलुकको विमानस्थलमा पार्किङ र ह्याण्डिलिङ गरिएको जहाजको शुल्क वापत समेत लाखौं खर्च हुन्छ । आफ्नो रुटभन्दा बाहिर अफ कट शुल्क तिर्नुपर्दछ । हुनत यस्ता भ्रमणका बेला प्रति उडान ११ हजार डलर भाडा तिर्ने गरिन्छ तर, उडानभन्दा पार्किङ समय बढी हुने भएकाले त्यसको कुनै मतलब छैन । यसअघि जार्काता र बोओओ भ्रमणमा करिब ६ करोड खर्च भएको तथ्याकं भेटिएको छ भने रद्ध राष्ट्रसंघको महासभामा श्री ५ बाट भाग लिइबक्सन जान १० करोड खर्च छुट्टाइएको थियो । यतिधेरै खर्च गरेर गरिएको भ्रमणको उपलब्धी भने हातमा शुन्य नै रहने परराष्ट्र विदको दावी छ ।

Comments »

The URI to TrackBack this entry is: http://damudd.blogsome.com/2005/12/05/19/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

web site visitor counter
Zales Jewelry