स्वर सम्राटको सम्झनामा

झरेको पातझैं भयो उजाड मेरो जिन्दगी
निभेको दीपझैं भयो उदास मेरो जिन्दगी
आजभन्दा झन्डै साढे तीन दशकपहिले रर्ेकर्ड गरिएको स्व. हरिभक्त कटुवालको यो कालजयी गीतमा स्वर सम्राट नारायण गोपालको जादुमय स्वर अहिले पनि नेपाली धर्तीमा गुञ्जायमान भैरहेछ। कैयौं अजम्बरी गीतहरू रर्ेकर्ड गर्दा स्वर सम्राटले नेपाली समाजलाई जुनरूपमा देखेका थिए, उनको अवसानको १६ वर्षछि पनि नेपाली समाजमा घटिरहेका घटनाहरूलाई त्यसरी नै चित्रण गर्न सकिन्छ। यी गीतहरूले ँआ“खा छोपी नरोऊ भनी भन्नु पर्या छ, मुटुमाथि ढुंगा राखी हा“स्नुपर्या छ..’ आदि जस्ता नेपाली जनजीवन र माटोलाई समेत र्स्पर्श गर्ने खालका कैयौं वस्तुपरक गीत उनले गाउ“दा देशमा पञ्चायती व्यवस्था चरमोत्कर्षा पुगेको अवस्था थियो, नारायणगोपाल जन्मेको यही देश आज पनि अशान्ति र अस्थिर मानसिकताका कारण गाउ स्तीहरू उजाड भैरहेछन्, अवला नारीका चुरा फुटिरहेछन्, सिउ“दो रित्तिरहेछन्।
एउटा सच्चा कलाकार र रचनाकार कुनै व्यवस्था र राजनीतिक दलस“ग नजिक नभए पनि, सफल कलाकारले समाजको चित्रण तत्कालीन अवस्थाको मूल्यांकन गरी भविष्यको पनि आंकलन गर्दा रहेछन्। स्वर सम्राट नारायणगोपाल समय, परिस्थिति बुझेर कर्ण्र्ाा्रय गीतहरू गाउन सफल छन्। नारायण गोपालको जन्म वि.सं. १९९६ मा काठमाडौंको किलागलमा भएको थियो। उनले आप्ः्नो जीवनको ५१ वर्षो उमेरसम्म केवल नेपाली गीत र संगीतको श्रीवृद्धिका लागि आफूलाई समर्पित गरे। सांस्कृतिक संस्थानमा केही वर्षमहाप्रबन्धकका रूपमा सेवा गरेका नारायणगोपालको नेपाल अधिराज्यको लोक संस्कृतिको अध्ययन र अनुसन्धान गर्नुपर्दछ भन्ने सोच थियो।
नेपाली लोकगीतलाई उनी नेपालीपनको प्राण भन्ने गर्दथे। देउडा गीतलाई उनी ँशास्त्रीय संगीत मिसिएको खस भाषाको स्वरूप’ भन्दथे। नेपाली संगीतलाई उचा पार्न केही समकालीन साथीस“ग मिलेर उनेले ँबागीना’
-बाजा±गीत±नाच) नामक ३ महिने पत्रिका पनि प्रकाशित गरे। तारादेवीस“ग ँए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ बोलको गीत गाउ“दा नारायण गोपाललाई परिवारबाट केही अप्ठेरो परेको थियो भन्ने पनि सुनिन्छ। २०४५ सालमा काठमाडौंमा नारायणगोपाल गीति सा“झको आयोजना गरियो। नारायणगोपालको गायकीको प्रत्यक्ष स्वाद हजारौं श्रोता एवम् दर्शकले त्यतिखेर चाख्न पाएका थिए। त्यो क्षण नेपाली मानसपटलमा सदैव याद रहिरहने अवसर थियो।
संगीतका कारणले होला पेयपदार्थमा उनी बढी ध्यान दिन्थे। विविध रोगका कारण वि.सं. २०४७ मंसिर १९ गते हजारौं गीत-संगीत र आप्ः्ना शुभचिन्तकलाई रुवाएर नारायणगोपाल सदाका लागि अनन्तयात्रामा गए। उनको अवसानको खबरले मेची-महाकाली रोएको थियो। काठमाडौंका मन्दिरहरूमा बिहान-बेलुका बज्ने घण्टहरू कारुणिक आवाज प्रतिध्वनित भएको आभाष हुन्थ्यो। नारायणगोपाललाई गीत र संगीतका क्षेत्रमा थुप्रै अभिभारा आउ“थ्यो होला। तर ५१ वर्षो उमेरमै उनी मृत्युको मुखमा पुगे। गायन र संगीत क्षेत्रको अग्रणी व्यक्तित्वको अवशानपछि राष्ट्रले अर्को नारायणगोपाल जन्माउन सकेको छैन। सदैव ख्यालठट्टा गर्न रुचाउने तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राई पनि स्वर सम्राटको अन्तिम श्रद्धाञ्जलीको बेला निकै भावुक बन्नुभएको थियो। पञ्चायती व्यवस्था लागू भएको वर्ष२०१७ सालमा नारायणगोपालले रेडियो नेपालमा पहिलो पटक आप्ः्नो स्वर रर्ेकर्ड गराएका थिए। त्यही बेला गीत र संगीतका लाखौं नेपाली श्रोतालाई खुशी पार्ने शुभ साइत जुरेको थियो। भारतको बडौदामा संगीतको गहिरो अध्ययन गरेका नारायणगोपालले २०१७ देखि २०४६ सालसम्म झन्डै दर्ुइ सय जति अजम्बरी गीत रर्ेकर्ड गराएर नेपालीले कहिल्यै तिरु











