शान्ति
जन्जिरमा जकडिएको झै लाग्छ
आज हाम्रा समाजहरु
यातना गृहका पर्खाल झै लाग्छ
झुठा आश्वासनका बाचाहरु किन कि
हिमाल झै उच्चा शिर लज्जाले आज झुकेको छ ।
शान्तिको मिसायल दिने वस्तिहरु
आज नरभक्षक भएर उभिएका रहेछन
शान्तिको गाथाआक्ने बस्तिहरु आज
रक्तक्रान्तिको ज्वारमा जमेका रहेछन ।
खै कहाँ गए तिनका प्रणहरु
अनि बाचौ र बचाऔं भन्ने नाराहरु
ति त केवल भाषण बाजी रहेछन
जो हरेक दिन गल्लिहरुमा झुठा आश्वासनका पोकाहरु
हिरोशिमा गिरेका मिसायल झै गिराउछन।
अब त व्यूतहे मानब वस्ति
किन चिर हरण लाई पर्खन्छौ
अनि गर क्रान्ति विरुद्ध भोकमरीको
अनि बेरोजगारिको देऊ मिसायल शान्तिको।











