चिनमा गएको भुकम्प बाट १४ को मृत्यु कैयन घाइते
चीन को मध्यवर्ति भागमा आएको भूकम्पमा कम्तिमा पनि १४ जना मरेको एवं ४०० भन्दा धेरै धाईते भएका छन् । स्थिानिय समय अनुसार शनिवार नौ बजे दिनमा आएको भूकंप को झटका ले हज़ारों घर लाई धराशाई बनाई दिएको छ ।
५.७ रेक्क्टर स्केलमा नापीएको सो भुकम्प जियांगक्सि प्रान्तको रुइचांग शहर लाई केन्द्र बनाएर गएको थियो ।रिपोर्टका अनुसार रुइचांगमा करिब ८००० घर ध्वस्त भएका छन् । साथ साथै हज्जारौ अन्य घर पनि धराशाहि भएका छन् । चिनियाँ अधिकारिहरुका अनुसार राहत एवं घाइतेहरुको उपचार दु्रतर गतिमा भई रहेको छ साथै हज्जारौ बेघरहरुलाई यथाशीघ्र टेन्ट पुर्याउने कार्य जारी छ ।











