एमाले द्वारा गणतन्त्रको शंकनाद
कार्यक्रममा सुरक्षाकर्मीले अवरोध खडा गरेकेा भन्दै माहासचिव नेपाल आक्रोशित शैलीमा सम्बोधनमा उत्रनु भएको थियो ।स्याङ्जा र तनहूँबाट पोखरा आउने बसहरु रोकेर सुरक्षाकर्मीले जुलुसमा सहभागी हुन आउनेहरुलाई फर्काएको आरोप पनि एमालेले लगाएको छ।शुक्रबार विभिन्न स्थानमा रहेकेा सुरक्षा जाँच चौकीमा निक कठोर जाँच गरिएको थियो । बसमा आएका यात्रुहरुको तीन पुस्ते नाम र ठेगाना लेख्न लगाएर सुरक्षाकर्मीले ढिलाई गरेका थिए । एउटा यात्रु पार हुन कम्तिमा दर्ुइ देखि चार मिनेट सम्म लगाएर सुरक्षाकर्मीले अबरोध गरे पछि हजारौंको संख्यामा आएका जनताहरु र्फकन बाध्य भएको एमालेले जनाएको छ ।सुरक्षाकर्मीको हस्तक्षेपका बाबजुद पोखरामा एमालेकेा शक्ति प्रदश सम्पन्न भएको छ । बृहद सभालाई सम्बोधन गर्दै एमाले महासचिब माधब कुमार नेपाल ले अब गणतन्त्रको बाटोकसैले पनि रोकेर न रोकिने चेतावनी दिनु भयो ।















